मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

तटस्थता सम्बन्धी रुस र युक्रेनको आफ्नै परिभाषा

महमूद आलम खान 1133+ समाचार ( )
रुस युक्रेन युद्ध भएको एकमहिना बितिसक्दा युक्रेनले ‘तटस्थ राष्ट्र’ हुने प्रतिबद्धता हालै सार्वजनिक गरे पनि दुई देशका बेग्लाबेग्लै परिभाषा सार्वजनिक भएका छन्।
१४ चैत्र २०७८, सोमबार

काठमाडौं । रुस युक्रेन युद्ध भएको एकमहिना बितिसक्दा युक्रेनले ‘तटस्थ राष्ट्र’ हुने प्रतिबद्धता हालै सार्वजनिक गरे पनि दुई देशका बेग्लाबेग्लै परिभाषा सार्वजनिक भएका छन्।

सन् १९९१ सालसम्म सोभियत संघमा आवद्ध रहेको युक्रेनले त्यसपछि भएका राजनीतिक सत्ता परिवर्तनसँगै युरोपेली संघ र अमेरिकाको उत्तर एट्लान्टिक सन्धी संस्था (नाटो)मा आवद्धता हुन निरन्तर प्रयास भएका छन् ।

सोभियत संघ १५ वटा देशमा विभक्त भए पनि सबैभन्दा ठूलो देश बनेको रुस (रसिया)ले युक्रेनलाई यी दुईवटै संघमा आवद्धता नहुन निरन्तर दबाव दिइरहेको छ ।

सेन्टर फर युरोपेली पोलिसी स्टडिजका अनुसन्धानकर्ता जाचारी पाइकिनका अनुसार मस्को र किभमा तटस्थताको विषयमा भिन्न मत रहेको पाइएको छ ।

‘तटस्थता भन्नाले नाटोमा आवद्धता हुन पाउने वा नपाउने भन्ने मतको विरुद्ध युरोपेली संघमा आवद्धता हुन पाउने वा नपाउने भन्ने विषयमा गम्भीर प्रश्न उब्जेको छ।’ उहाँले अलजजिरालाई प्रतिक्रिया दिनुभयो ।

‘रुसले युक्रेनमाथि सैन्य हमला गरेको मुल मुद्दा भनेकै नाटोमा सदस्यता हुने चाहनालाई रोकेर शान्ति वार्तामा जोड र कोणमा तटस्थतामा सीमित राख्नु भन्ने थियो । तर हमला भएपछि युरोपेली संघमा आवद्धता हुन युक्रेनले आफ्नो सदस्यता दर्ता गराएपछि शान्ति वार्तामा अवरोध आएको हो ।’ उहाँले भन्नुभयो, ‘युरोपेली संघमा आवद्ध भए भने रुसलाई समस्या परेको छ, किनभने त्यस संघमा आवद्धता हुनु भनेकै पश्चिमी शक्तिसँगको आवद्धता हुनु हो । जब कि रुसले युक्रेनलाई रुसी संस्कृतिको अभिन्न अंगको रुपमा अंगिकार गर्दछ र यस संघको विधानतः साझा परराष्ट्र र आफ्नै सुरक्षा नीति रहेको छ । त्यसैले मस्कोले बुझ्ने तटस्थताको परिभाषाभन्दा युक्रेनले भन्दै आएको तटस्थता फरक रहेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार