मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

सूर्यसँगै उठेको भरोसा-बिष्ट जनताको ढोकामा, मनदेखि मनसम्म

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
११ माघ २०८२, शनिबार

बाँके । सूर्य उदाउँदै गर्दा बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट जनताको ढोकामा पुग्नुहुन्छ। न कुनै तामझाम, न ठूलो भीड—बिहानको शान्त वातावरणमा उहाँ जनतासँग मनदेखि मन जोड्ने यात्रामा देखिनु भएको छ। 

घर–घर पुग्दै बिष्टले जनताको अनुहार पढ्नुहुन्छ, पीडा सुन्नुहुन्छ र आशा टिप्नुहुन्छ। उहाँका लागि घरदैलो केवल चुनावी अभियान होइन, जनताको जीवन बुझ्ने माध्यम बनेको छ। “नेता जनताभन्दा माथि होइन, जनतासँगै उभिनुपर्छ”,बिष्टको यही सोच उहाँका कदम/कदममा देखिन्छ । 

स्थानीय बासिन्दा भन्छन्, बिष्टको सरल बोली र नम्र व्यवहारले राजनीति फेरि मान्छेले गर्ने काम हो भन्ने अनुभूति गराएको छ। एक वृद्ध मतदाताको शब्दमा,“उहाँ हाम्रो ढोकामा मात्रै होइन, हाम्रो मनभित्र पनि आउनुभयो ।”

व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा आउनु भएका बिष्टले दुःख, संघर्ष र मेहनतको मूल्य आफैँले चिनेको बताउनुहुन्छ। त्यसैले उहाँ जनताको आवाज कागजमा होइन, संसदको आवाजमा बदल्ने वाचा गर्नुहुन्छ ।

घरदैलो भेटघाटकै क्रममा उहाँले तारा चिन्हमा मतदान गर्न आग्रह गर्दै भन्नुहुन्छ,यो चुनाव पदको होइन, भरोसाको हो; आजको निर्णयले भोलिको भविष्य लेख्नेछ ।

सूर्यसँगै सुरु भएको यो यात्रा साँझसम्म थकाइ लाग्ला, तर जनताको आँखामा देखिएको आशाले बिष्टलाई हरेक बिहान फेरि उठ्न प्रेरित गरिरहेको छ, जहाँ राजनीति भाषण होइन, सम्बन्ध बनेको छ; र चुनाव गणित होइन, भरोसाको कथा बनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार