मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

एमालेको दसौं महाधिवेशनको बन्द सत्र सुरू

महमूद आलम खान 1133+ समाचार ( )
नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली सहमति जुटाउन असफल
११ मंगशिर २०७८, शनिबार
चितवन । एमालेको जारी दसौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली सहमति जुटाउन असफल भएका छन् । ओलीले महाधिवेशनको बन्दसत्र स्थल सौराहको पार्क सफारीमा शनिबार बिहान आफू निकट नेताहरु नेता सुवास नेम्बाङलगायतसँग छलफल गरे पनि सहमति जुट्न नसकेको हो ।
नेतृत्वमा सहमतिका लागि छलफल भएको तर सहमति भने हुन सकेन । उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी दोहोर्‍याएका छन् । त्यस्तै, महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले अडान लिएका छन् । महासचिवमा सुरेन्द्र पाण्डेले पनि दाबी गरेका छन् । उनीहरू पछि नहट्दा सहमति हुन नसकेको हो । संसदीय दलका उपनेता नेम्वाङले सहमतिको प्रयास जारी रहेको बताए । तर ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावलसँग भने कुराकानी गरेका छैनन् ।

पदाधिकारी बढाए पनि सहमतिको सम्भावना कम रहेको रावलले प्रतिक्रिया दिएका थिए। यसैबीच एमालेको दसौं महाधिवेशनको बन्द सत्र सुरू भएको छ। बिहान १० बजेदेखि बन्द सत्र सुरू गर्ने कार्यतालिका भए पनि गएराति अबेरसम्म एमालेको केन्द्रीय समिति बैठक बसेका कारण सत्र ढिलो गरी सुरू भएको हो। प्रतिनिधिहरू बन्द सत्रको लागि लाइन लागेर बसेका छन्। एमाले अध्यक्ष ओली पनि बन्द सत्र हुने हलमा पुगेका छन् ।

बन्द सत्रमा विभिन्न मुलुकबाट आएका दलका प्रतिनिधिले सम्बोधन गर्नेछन्। त्यस्तै, केन्द्रीय समितिले गरेको निर्णय पनि अनुमोदन गर्नेछ। गएराति १ बजे सकिएको बैठकले २ उपाध्यक्ष र २ उपमहासचिव पद थप गरेको थियो। पदाधिकारी संख्या बढाउने निर्णय गरेको थियो।आकांक्षी व्यवस्थापन गर्न अध्यक्ष ओलीले पदाधिकारी बढाउन प्रस्ताव गरेका थिए। बन्द सत्र समाप्त भएपछि निर्वाचन कार्यक्रम सुरू हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार