नरैनापुर । नरैनापुरको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्ष मुनिका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ ।
नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार नरैनापुरमा १४ हजार २२ जना बालबालिकामध्ये ७०.६९६ प्रतिशत अर्थात् ९ हजार ९ सय १३ जना बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका छन् ।
सरकारले प्रभावित क्षेत्रमा दादुरा नियन्त्रण गर्ने उद्देश्यले माघ ५ गतेबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।
नरैनापुर स्वास्थ्य शाखाका सर्भिलेन्स अफिसर बिबेक पौडलेका अनुसार नरैनापुरका ६ वटा वडामा खोप अभियान संचालन भई रहेको बताउदै सोमबार सम्म लक्ष्य अनुसार खोप लगाई सक्ने जिकिर गर्नु भयो ।