मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |
मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |


मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

यूथ टुडे समाचारदाता 3591+ समाचार ( )
२८ अशोज २०८३, बुधवार

बर्दिया । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको समन्वय र समुदायस्तरको सक्रियतालाई प्रभावकारी बनाउने उद्देश्यले मधुवन नगरपालिकामा मानव बेचबिखन नियन्त्रणका लागि गठित स्थानीय मानब बेचबिखन नियन्त्रण समिति (LCCHT) को बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब (BUC) द्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाको सहकार्यमा आयोजित बैठकले मानव बेचबिखनविरुद्ध सञ्चालन भइरहेका गतिविधिको प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनालाई थप नतिजामुखी बनाउने विषयमा छलफल गरेको छ ।

मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, समितिका सदस्य सचिव इन्द्रा चुनारा, स्थानीय मानब बेचबिखन नियन्त्रण समितिका सदस्यहरू इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सैलेन्द्र खड्का,माइती नेपाल ,साना हात ,तथा बाँके युनेस्को क्लबका परियोजना संयोजकहरू ईश्वर बी.क. र गोविन्द प्रसाद लामिछाने ,फिल्ड सुपरभाइजर सावित्रा भाट लगायतको सहभागिता रहेको थियो ।

बैठकमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.क. र गोविन्द प्रसाद लामिछानेले सुरक्षा परियोजना तथा सेफ फ्युचर परियोजना अन्तर्गत सञ्चालित गतिविधि, हालसम्मको प्रगति र मानव बेचबिखन रोकथामका लागि गरिएका प्रयासबारे प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमा समुदायस्तरमा सचेतना अभिवृद्धि, जोखिममा रहेका समुदायसँगको सहकार्य, समुदाय प्रहरी साझेदारी ,युवा दुत परिचालन ,बाल संरक्षण प्रबर्धन ,स्थानीय समितिको कार्ययोजना कार्यान्वयन तथा सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।

बैठकको मुख्य एजेन्डा अन्तर्गत स्थानीय मानब बेचबिखन नियन्त्रण समिति को कार्ययोजनाको प्रगति समीक्षा, समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत सञ्चालन गरिने मानव बेचबिखनविरुद्धका सचेतनामूलक अभियान, सूचना केन्द्रहरूको नियमित अनुगमन तथा सीमावर्ती क्षेत्रका समुदायमा देखिन सक्ने बेचबिखनका जोखिमको पहिचान र न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो । सहभागीहरूले मानव बेचबिखन नियन्त्रणलाई कुनै एक संस्था वा निकायको मात्र जिम्मेवारी नभई स्थानीय सरकार, सुरक्षा निकाय, समिति, समुदाय तथा विकास साझेदारहरूको साझा दायित्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकले कार्यक्रम सञ्चालन र सहभागितामा मात्र सीमित नभई कार्ययोजनाअनुसार भएका गतिविधिबाट समुदायमा परेको प्रभाव, जोखिममा रहेका बालबालिका तथा व्यक्तिसम्म सूचना पुगे–नपुगेको अवस्था र सूचना केन्द्रहरूको प्रभावकारितालाई समेत नियमित रूपमा अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। साथै, स्थानीयस्तरमा प्राप्त सूचना तथा सम्भावित जोखिमलाई समयमै सम्बन्धित निकायसम्म पुर्‍याउने, सचेतनामूलक अभियानलाई निरन्तरता दिने र सरोकारवालाबीच सूचना आदानप्रदान तथा संयुक्त अनुगमनलाई सुदृढ गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको थियो ।

 मन्तव्यका क्रममा मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले मानव बेचबिखनसँगै लागुऔषध दुर्व्यसन पनि समाजको जटिल समस्याका रूपमा देखा परेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सबै सरोकारवालाहरू गम्भीर र सक्रिय हुनुपर्ने बताए। उनले यस्ता अपराधको रोकथामका लागि समुदायस्तरमा प्रभावकारी निगरानी समूह गठन गरी परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै मानव बेचबिखन तथा लागुऔषधको कारोबारमा संलग्न मुख्य सञ्जाल र यसको जालोलाई नै तोड्ने गरी समन्वयात्मक तथा परिणाममुखी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । साथै, स्थानीय सरकार, सुरक्षा निकाय, समुदाय र सम्बन्धित संघसंस्थाबीच सहकार्य र सूचना आदानप्रदानलाई प्रभावकारी बनाएमा यस्ता सामाजिक विकृति नियन्त्रणमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।

बैठकको समापन गर्दै अध्यक्ष तथा मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले मानव बेचबिखन रोकथामका लागि सबै सरोकारवालाले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताइन् । उनले स्थानीय सरकार, समिति सदस्य, सुरक्षा निकाय, समुदाय र साझेदार संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै रोकथामका प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । बैठकले LCCHT को कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, समुदायस्तरको सचेतना अभिवृद्धि गर्ने, सूचना केन्द्र तथा सीमावर्ती समुदायको संयुक्त अनुगमनलाई प्राथमिकता दिने र मानव बेचबिखनसम्बन्धी जोखिमको पहिचान तथा सम्बोधनमा सरोकारवालाबीच समन्वय सुदृढ गर्ने साझा प्रतिबद्धता स्थापित गरेको छ। यसले मधुवन नगरपालिकामा मानव बेचबिखन रोकथामका प्रयासलाई थप व्यवस्थित, उत्तरदायी र नतिजामुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुरक्षा परियोजना बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको परियोजना हो, जसले बालबालिका, परिवार, विद्यालय, समुदाय तथा स्थानीय सरकारको क्षमता सुदृढ गर्दै मानव बेचबिखनको रोकथाम र बाल संरक्षण प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार