मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |
मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |


पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

बाँके । शुक्रबार दिउँसो १२ः५७ मा प्रेस सेन्टर नेपालका नेता एंव मिसन टुडेकर्मी शुभाकर विश्वकर्मा समाचार प्रयोजनका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई फोन गर्छन् । उनले प्रयोग गर्दै आएको सरकारी नम्बर ९८५८०२७७७७ मा फोन गरी विश्वकर्माले सुरुमै आफ्नो परिचय, कार्यरत संस्थाको नाम र फोन गर्नुको प्रयोजन बताउँछन् । उनी सिडिओे जोशीलाई जिज्ञासा राख्छन्, ‘मोहन गोडिया भन्ने एक जना व्यक्तिको तपार्इँसँग पनि भेट भएको रहेछ । उनले चार वर्षदेखि नागरिकता पाएका रहेनछन् ? उनले नागरिकता किन पाएका रहेनछन् ?’

उनले उत्तर दिए, ‘प्रक्रिया पूरा गरेर आएका कुनैपनि व्यक्तिले एक मिनेटमै नागरिकता पाउँछ ।’ मिसनकर्मी विश्वकर्माले अदालतले समेत नागरिकता दिन आदेश गरेको रहेछ भनेर सोध्दा उनले जो आए के बुझ्नुपर्छ बुझी प्रक्रिया पूरा गरी कानून बमोजिम गर्नु भनेको हुन्छ भन्ने बताए । आमाको नामबाट नागरिकता लिन पाइन्छ की पाइदैँन ? सिडिओ जोशीले त्यसको लागि बाबु नेपाली भए नभएको एकिन गर्नुपर्ने बताए । पहिलोपटक ३ मिनेट ३४ सेकेण्ड भएको कुराकानीमा जोशीले नागरिकताका लागि फोन गर्ने व्यक्ति दलाल हुन् भनेर फोन काटे ।

फेरि १३ः०१ मा बजे सोही नम्बरमा फोन गर्दा उठाउनु भएन । १३ः०२ बजे ४३ सेकेण्ड भएको कुराकानीमा मिसनकर्मी विश्वकर्माले सिडिओे साव ? समाचार प्रयोजनका लागि फोन गर्ने पत्रकारलाई तपाईँले कसरी दलाल भन्नु भयो भनेर सोध्दा ‘कसैको नागरिकताको लागि फोन गर्नेलाई म दलाल नै सम्झिन्छु’ भन्ने पदीय मर्यादा र गैरजिम्मेवार अभिव्यक्ति दिए । ३४ सेकेण्डको कुराकानीका क्रममा उनले प्रश्नको जवाफ दिने भन्दापनि एकोहोरो आफूमाथि खनिएको पीडित पत्रकार विश्वकर्माको भनाइ छ । उनका अनुसार सिडिओे जस्तो पदमा आसिन व्यक्तिले पत्रकारको प्रश्न सोध्ने अधिकारमाथि नै धावा बोल्नु कानुनी राज्यका लागि गम्भीर कुरा हो । सिंगो पत्रकारिता क्षेत्रलाई लालञ्छना लगाइएको उनको दाबी छ ।

उनका अनुसार सिडिओे जोशी त्यतिमै रोकिएनन् । जोशीसँग कुराकानी भएको केही मिनेटपछि दिउँसो १३ः११ मा ९८५८०५५५५ बाट आफ्नो व्यक्तिगत नम्बरमा कल आएको विश्वकर्मा बताउँछन् । कसको नम्बर रहेछ भनेर १३ः१३ मिनेटमा उक्त नम्बरमा ब्याक कल गर्दा जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले बोलेको विश्वकर्माले बताए । आफूले सुरुमै को बोल्नु भयो भनेर सोध्दा ‘म बाँकेको एसपी हो ? भन्ने उत्तर आएको उनले बताए । एसपी कार्की सोध्छन्, त्यो नागरिकता सम्बन्धि केही कुरा भएको थियो र हजुरको ? विश्वकर्माले भने, ‘हो मैले सिडिओे जोशीलाई फोन गरेको थिए ?’ सिडिओेले तपाईँलाई किन फोन गर्न लगाउनु भयो भनेर सोध्दा एसपी कार्कीले उल्टै प्रश्न गरे ? किन तपाईँलाई फोन गर्ने हुन्न र ?

विश्वकर्मासँगको कुराकानीमा आफूलाई सिडिओेले भनेपछि तपाई को हो भनेर एकिन गर्न मात्रै फोन गरेको कार्कीको भनाइ थियो । समाचार प्रयोजनका विषयमा फोन गर्दा सिडिओेले उल्टै पत्रकारलाई दलाल भन्ने अभिव्यक्ति र सिडिओे निर्देशनमा एसपीको फोन गरी केरकार गर्ने कुरा कानुनी राज्यको उपहास भएको विश्वकर्माले बताए ।

यसैगरि प्रेस सेन्टर नेपाल बाँकेले एक बिज्ञप्ती निकालेर प्रजिअ जोशीको धम्कीको कडा रुपमा निन्दा गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार