मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
५ जेठ २०८३, मङ्गलबार

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन्। मंगलबार नै संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदित भएलगत्तै उनलाई राष्ट्रपति कार्यालयमा शपथ गराइएको थियो।

संवैधानिक परिषद्ले न्यायपरिषद्द्वारा सिफारिस गरिएका ६ जना न्यायाधीशमध्ये सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो।

विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै संवैधानिक परिषद्ले शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार एशोसिएशन लगायतले विरोध गरिरहेका छन्।

हाल सर्वोच्च अदालतमा सबैभन्दा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल छिन्। वरिष्ठताका आधारमा उनी नै प्रधानन्यायाधीशको मुख्य दाबेदार थिइन्।

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्दै प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई सिफारिस गर्न सहज हुने वातावरण तयार पारेको थियो। ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जना मात्र उपस्थित भएर पनि निर्णय गर्न सक्ने प्रावधान उक्त अध्यादेशमा राखिएको थियो। सोही अध्यादेशको जगमा बसेर संवैधानिक परिषद्ले बैठक गरी शर्माको नाम सिफारिस गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार