मुख्य समाचार
बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड |

डिआइजी बढुवामा बिभेद, डिआइजी बढुवामा प्रधानमन्त्रीका पूर्व पिएसओ नै छुटे

यूथ टुडे समाचारदाता 3464+ समाचार ( )
बोहरा हालका प्रधानमन्त्री शेरबहादुर देउवाका पिएसओ भएर काम गरिसकेका अधिकृत हुन् ।
९ असार २०७९, बिहीबार

काठमाडौैं । नेपाल प्रहरीको डिआइजी बढुवामा केही इमान्दार अधिकृतहरूमाथि अन्याय भएको छ । बुधबार १७ जना एसएसपीको बढुवा सिफारिस हुँदा केही खराब पृष्ठभुमीका अटाउँदा क्षमतावान प्रहरी अधिकारी छुटेका छन् ।

यसअघि पहिलो लटमा एसएसपी हुने १३ जना सबै परेका छन् । दोस्रो लटबाट चार जना तानिएका छन् । जमा अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह चन्द र किरण राणा छन् ।

दोस्रो लटका अगाडी रहेका पाँच जना बढुवामा छुटेका छन् । विष्णु कुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत तथा केदार ढकाल छुटेका हुन् । केसी हाल प्रहरी प्रवक्ताका रुपमा कार्यरत छन् । जसआधारमा महानिरीक्षकको सचिवालयमै अन्याय भएको चर्चा प्रहरी प्रधान कार्यालयमा छ । बोहरा हालका प्रधानमन्त्री शेरबहादुर देउवाका पिएसओ भएर काम गरिसकेका अधिकृत हुन् । तर, देउवा नै प्रधानमन्त्री हुँदा उनीमाथि अन्याय भएको छ । कुबेर कडायत निर्मला पन्त हत्या घटनापछि अशान्त बनेको कञ्चनपुरमा पुगेर कमाण्ड सम्हाल्ने अधिकृत हुन् । तर, अहिले बढुवामा त्यसको मूल्याङकन भएन । विगतमा काठमाडौं परिसर लगायत ठाउँमा बसेर अकुत कमाएका केही अधिकारीहरुले बढुवामा छलाङ हालेका छन् । जसकारण यसअघि बरियतामा अघि रहेकाहरु समेत पछि परेका छन् ।

डिआइजी बढुवाको पहिलो नम्बरमा बसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह परेका छन् । यसअघि कुँवर १२ औं, राई दोस्रोमै तथा सिंह १९ औं नम्बरमा थिए ।

यसअघि पहिलो नम्बरमा रहेका सन्दीप भण्डारीको सातौ नम्बरमा बढुवा सिफारिस भएको छ भने तेस्रो नम्बरका उमेशराज जोशीलाई ११ औं नम्बरमा पु¥याइएको छ । चौथो नम्बरका श्यामलाल ज्ञवाली पाँचौमा र यसअघि छैंठौं नम्बरमा रहेका दीपक थापा चौथो नम्बरमा सिफारिस भएका छन् । बढुवा सिफारिस हुने अन्यमा किरण बज्राचार्य, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन् । यही ब्याचबाट आगामी चैतमा प्रहरी महानिरीक्षक छनौट हुने भएकाले बढुवामा चर्काे प्रतिस्पर्धा भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार