मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने मन्त्री परिषदको निर्णय

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
बैठकको मुख्य एजेण्डा निर्वाचनको मिति घोषणा हो’ एक मन्त्रीले भने, ‘मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने सहमति गठबन्धनमा भएकाछ ।
१९ श्रावण २०७९, बिहीबार

काठमाडौं । सरकारले संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते तोक्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति घोषणा गर्न लागेको हो । मन्त्रिपरिषद बैठक दिउँसो १ बजे बस्दैछ ।

‘आजको बैठक नियमित हो । त्यो बैठकको मुख्य एजेण्डा निर्वाचनको मिति घोषणा हो’ एक मन्त्रीले भने, ‘मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने सहमति गठबन्धनमा भएकाछ । त्यहीँ अनुसार निर्णय हुन्छ ।’ बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो ।

गठबन्धनको बैठक शुक्रबार बोलाइएको छ । भोली शुक्रबार बस्ने बैठकमा आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल हुने बताइएको छ । बैठक शुक्रबार बिहान ९ बजे बस्दैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार