मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

राजापुर नगरपालिकामा मानव बेचबिखन विरुद्धको समिति पुनर्गठन

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
२४ वैशाख २०८२, बिहीबार

बाँके । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत राजापुर नगर पालिकाको सहकार्यमा नगरपालिकामा स्थानीय मानव बेचबिखन विरुद्धको समिति पुनर्गठन गरियको छ ।

राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारूको अध्यक्षतामा सम्पन्न भयको बैठकमा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन तथा परिचालन निर्देशिका २०७८ अनुसार १९ सदस्यीय समिति पुनर्गठन गरिएको हो। उक्त बैठकमा नेपाल प्रहरी, गैरसरकारी संस्था , पत्रकारहरू, विद्यालयका प्रधानाध्यापक तथा पालिका-स्तरीय बाल क्लबका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठक राजापुर नगरपालिकाका सूचना प्रविधि अधिकृत खुसिराम थारूले संचालन गरेका थिय भने बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिकेले सहजीकरण गर्दै परियोजनाका बारेमा जानकारी साथै बैठकको उदेश्य प्रस्तुत गर्नुभयाको थियो ।

बैठकले समितिको नियमित बैठकहरू सञ्चालन गर्ने ,सबै वडामा वडास्तरीय समिति गठन गर्ने ,समितिको मुख्य प्रगतिहरूको समिक्षा गर्ने, बाल बेचबिखनसम्बन्धी समिति सदस्यहरूलाई क्षमता अभिवृद्धि तालिमको योजना बनाउने निर्णय गरेको छ .कार्यक्रमको समापन सत्रमा बोल्दै पालिका प्रमुख दिपेश थारुले स्थानीय सरकार मानव बेचबिखन विरुद्ध प्रभावकारी कदम चाल्न का लागि सबै निकाय संग समन्वय र सहकार्य गर्दै अगाढी बढ्ने कुरा बताउनु भयो । साथै कार्यक्रममा फिल्ड सुपरभाइजर प्रमिशा थारू लगायत बैठकमा सहभागी हुनुभएको थिय .

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार