मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

नेपालगञ्ज १२ का अध्यक्ष बज्राचार्यले गरे पदभार ग्रहण

महमूद आलम खान 1133+ समाचार ( )
मुक्तिपुरस्थित वडा कार्यालयमा नवनिर्वाचित वडा अध्यक्ष बज्राचार्यले आज पदभार ग्रहण गरेका हुन् ।
९ जेठ २०७९, सोमबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्यले पदभार ग्रहण गरेका छन् । मुक्तिपुरस्थित वडा कार्यालयमा नवनिर्वाचित वडा अध्यक्ष बज्राचार्यले आज पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै बज्राचार्यले वडाको विकास र समृद्धिका लागि आफूले कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाए । चुनावका बेला मतदातासमक्ष गरेका बाचा पूरा गर्ने मिसनका साथ आफू दत्तचित्त भएर लाग्ने बज्राचार्यले बताए । 

स्वागत तथा पदभार ग्रहण कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा भू(संरक्षण मन्त्री सुरेन्द्र हमाल, नेपाली कांग्रेस बाँकेका पूर्व सभापति एवम् पूर्व मन्त्री गजेन्द्र हमाल, नेपाली कांग्रेस बाँकेका निवर्तमान सभापति किरण कोइराला, जिल्ला सदस्य रविन्द्र हमाल, महाधिवेशन प्रतिनिधि अजित कुमार शर्मा, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, राष्ट्रिय जनमोर्चाका नेता कृष्णराज पाण्डे लगायतले वडाका नवनिर्वाचित वडा अध्यक्ष एवम् सदस्यहरुलाई बधाई ज्ञापन गर्नुका साथ सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । जनआकांक्षा बमोजिम काम गर्दै वडाको विकास र समृद्धिका लागि गम्भीरतापूर्वक काम गर्न उनीहरुले आग्रह गरे । 

बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट वडा नम्बर १२ को अध्यक्षमा बज्राचार्य, विनोद कुमार रस्तोगी र राजकुमार बाल्मिकी, महिला सदस्य सुशिला पन्त र दलित महिला सदस्यमा चन्दा चिडिमार निर्वाचित भएका थिए । रस्तोगी बाहेक सबै कांग्रेसबाट उम्मेदवार थिए । रस्तोगी राप्रपा हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार