मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

प्रहरीको गोली लागेर बर्दियामा एक जना युवकको मृत्यु

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो ।
२३ जेठ २०७९, सोमबार

बर्दिया । बर्दियामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नं २ बस्ने १८ वर्षीया नविना थारूको प्रहरीको गोलीबाट मुत्यु भएको हो ।

बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो । टाउकोमा गोली लागेको थारूको उपचारको लागि गुलरिया ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारूलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीयहरूले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरेका गरेका थिए । स्थानीयले गुलरिया राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द खुलाउनका लागि गरेपछि प्रहरी परिचालन गरिएको थियो । 

केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदायहरू सडक आन्दोलनमा उत्रिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए । खाता क्षेत्रका बाघ स्थानान्तरण गरिनुपर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार