मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

नरैनापुरका अग्नी प्रभावितहरुलाई कोभिड खाद्य बैंक कोहलपुरद्वारा राहत वितरण

महमूद आलम खान 1133+ समाचार ( )
जिल्लाको विकट क्षेत्र मानिने नरैनापुरमा भएको भिषण आगलागी पछि प्रभावित परिवारलाई सहयोग स्वरुप राहत उपलब्ध गराउने कोहलपुर उद्योग वाणिजय संघ र कोभिड खाद्य बैंक कोहलपुरलाई धन्यवाद ज्ञापन गर्दै गाउपालिका अध्यक्ष शाहले सबैभन्दा ठुलो सहयोग मानविय सहयोग हुने भन्दै सहयोगी संस्थाहरुप्रति विशेष आभारी रहेको धारणा व्यक्त गरे ।
१९ जेठ २०८०, शुक्रबार

बाँके । जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ५ को जमुनाहा गाउँमा आगलागीबाट प्रभावित घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सहित दैनिक उपभोग्य वस्तु् सामाग्री सहयोग गरिएको छ । 

कोहलपुर उद्योग वाणिज्य संघ र कोभिड खाद्य बैंक कोहलपुरद्वारा संयुक्त रुपमा प्रभावित क्षेत्रमा पुगेर भिषण आगलागीबाट प्रभावित १२ घर परिवारलाई राहत सामाग्री सहयोग गरिएको हो । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल नेतृत्वमा कोभिड खाद्य बैंकका अभियन्ता चेतकान्त भट्टराई र भुम बहादुर भण्डारी सहितको वाणिज्य संघ कोहलपुरका पदाधिकारीहरुले गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको बिशेष उपस्थितीमा प्रभावित घर परिवारलाई राहत वितरण गरिएको वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले बताए ।

जिल्लाको विकट क्षेत्र मानिने नरैनापुरमा भएको भिषण आगलागी पछि प्रभावित परिवारलाई सहयोग स्वरुप राहत उपलब्ध गराउने कोहलपुर उद्योग वाणिजय संघ र कोभिड खाद्य बैंक कोहलपुरलाई धन्यवाद ज्ञापन गर्दै गाउपालिका अध्यक्ष शाहले सबैभन्दा ठुलो सहयोग मानविय सहयोग हुने भन्दै सहयोगी संस्थाहरुप्रति विशेष आभारी रहेको धारणा व्यक्त गरे । उनले पालिकालाई अब खर र फुस मुक्त पालिका बनाउने र त्यसका लागि आवश्यक गृहकार्य चलिरहेको धारणा राखे । रातह वितरण कार्यक्रममा कोभिड खाद्य बैंकका अभियन्ता चेतकान्त भट्टराई, भुम बहादुर भण्डारी, उमेश उप्रेती सहित कोहलपुर उद्योग वाणिज्य संघका उप महासचिव दिपक भण्डारी, सदस्यहरु राकेश विष्ट, पवित्रा ढकाल, शर्मिला मल्ल, अर्जुन सुवेदी यस्तै संघका प्रेस सल्लाहकार निर्मल आचार्य सहितको टोली प्रभावित क्षेत्र पुगेको थियो ।

गत आइतबार दिउँसो १२ बजेतिर भएको उक्त आगलागीमा परी ११ वटा घर र एउटा गोठ जलेका थिए । इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रन्जु यादव, बिहारी लाल कुम्हर, सलमान खाँ, राज करण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा आगलागी भएको थियो । आगलागीबाट १७ लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नरैनापुर गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाको दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । दिउँसो १२ बजेबाट सुरु भएको आगलागी ३ बजे मात्र नियन्त्रणमा आएको थियो । आगलागी भएको जानकारी पाउने बित्तिकै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह घटनास्थलमा पुगेका थिए । समयमै आगो नियन्त्रणमा लिएकाले मानवीय क्षति नभएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार