मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

देशको राजनीति सही दिशामा जान आवश्यक छ - डा. राउत

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

बाँके । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले जनताको अधिकार र हक प्राप्तिसँगै विकास निर्माणका लागि देशको राजनीति सही दिशामा जान आवश्यक रहेको बताउनुभएको छ । 

नेपालगन्जमा जनमत पार्टीले सोमबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले जनताको मत र समर्थनबाट राजनीति अगाडि बढ्ने भएकाले हरेक जनताले सही राजनीति र सही विचारधारालाई समर्थन तथा सहयोग गर्नुपर्ने बताउनुभयो । 

उहाँले देशका किसान, मजदुर, व्यापारी र कर्मचारी सबैको अधिकार प्राप्त हुने मुख्य माध्यम नै राजनीति भएकाले हरेकले राजनीतिलाई बुझ्नु पर्ने र सही दिशामा लैजान प्रयास गर्नुपर्ने बताउनुभयो । 

जनमत पार्टीले तराई मधेशलगायत सबै नेपाली जनताको हक अधिकारका लागि आन्दोलन गर्ने तयारी गरिरहेको जनाउँदै अध्यक्ष राउतले अहिले आफू सोही सिलसिलामा यहाँ आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “तपाईँहरूले सोच्दै हुनुहुन्छ होला, म यहाँ अहिले किन आए, म अहिले तपाईँसँग आन्दोलन माग्न आएको छु । सबैले मलाई आन्दोलन दिनुस् । म तपाईँको अधिकारका लागि लड्नेछु ।’  

अध्यक्ष डा. राउतले अधिकार सम्पन्न प्रदेशको रूपमा लुम्बिनीलाई विकास गरेर अघि जानुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्व खानेपानीमन्त्री अब्दुल खानले मधेसको मुद्दालाई सशक्त रूपमा उठाउन आफूहरू आएको बताउनुभयो । उहाँले वर्तमान सरकारलाई टिकाउन सके देशमा महत्त्वपूर्ण परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रशिक्षण कार्यक्रममा सो पार्टीका अनुशासन विभाग प्रमुख दीपक शाह, सङ्गठन विभाग प्रमुख जयकान्त राउत, केन्द्रीय सदस्य सन्ध्या देव, हरपाल सिंह लगायतले कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार