मुख्य समाचार
सरसफाइलाई संस्कार बनाउने अभियानमा जानकी गाउँपालिका | स्तनको आकारको महत्व | भेरी अस्पतालमा नेतृत्व परिवर्तन : डा. नवीन दर्नाललाई मेसुको जिम्मेवारी | ब्रिटिश स्कुलमा डा. दिल द्वारा स्वास्थ्य सचेतना | दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न | जानकीमा अध्यक्ष कप क्रिकेटको रौनक, खेल प्रतिभा खोज्दै गाउँपालिका | राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम | नर्सिङः सम्मानजनक, संवेदनशील र जिम्मेवार पेशा ! | डीडीसीका कर्मचारीलाई नि:शुल्क दूध-घिउ सुविधा खारेज, वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने | संसद्मा ज्ञानेन्द्र शाहीको प्रश्न- यो सरकार हो कि आतंकवादी ? |
मुख्य समाचार
सरसफाइलाई संस्कार बनाउने अभियानमा जानकी गाउँपालिका | स्तनको आकारको महत्व | भेरी अस्पतालमा नेतृत्व परिवर्तन : डा. नवीन दर्नाललाई मेसुको जिम्मेवारी | ब्रिटिश स्कुलमा डा. दिल द्वारा स्वास्थ्य सचेतना | दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न | जानकीमा अध्यक्ष कप क्रिकेटको रौनक, खेल प्रतिभा खोज्दै गाउँपालिका | राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम | नर्सिङः सम्मानजनक, संवेदनशील र जिम्मेवार पेशा ! | डीडीसीका कर्मचारीलाई नि:शुल्क दूध-घिउ सुविधा खारेज, वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने | संसद्मा ज्ञानेन्द्र शाहीको प्रश्न- यो सरकार हो कि आतंकवादी ? |


‘प्रचण्ड’ वरिपरि घुम्ने तीन अनुहार: शक्ति, स्वार्थ र संघर्षको त्रिकोण

यूथ टुडे समाचारदाता 3368+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

डा. डक्ट प्रसाद धिताल 

नेपाली राजनीतिमा ‘प्रचण्ड’ एक यस्तो नाम हो, जसले इतिहासको धारा मोडेको छ, राज्यसत्ताको ढाँचा हल्लाएको छ, र वञ्चित वर्गको आवाज बन्‍न खोजेको छ। तर त्यही प्रचण्ड आज आफैंले निर्माण गरेको पार्टीभित्रै शंकाको घेरामा छन्—यात्राको उत्तरार्धमा उनलाई घेर्ने अनुहारहरू तीन खालका देखिन्छन्। ती अनुहारहरू शक्ति, स्वार्थ र संघर्षको त्रिकोण हुन्, जसले प्रचण्डको नेतृत्व, उनको भविष्य र पार्टीको संरचना नै निर्धारण गर्न थालेका छन्।

१. पहिलो समूह: स्वार्थी किन्नाहरू — प्रचण्डको शरीरमा टाँसिएका परजीवीहरू

यो समूहका कार्यकर्ताहरु त्यस्ता छन्, जसले राजनीति साधन होइन, सीढी बनाएका छन्। उनीहरू कुनै विचारका लागि होइन, आफ्नो निजी स्वार्थ र शक्ति संकलनका लागि प्रचण्ड वरिपरि घुमिरहेका छन्। यी पात्रहरू प्रायः ‘हाइब्रीड नेता’का रूपमा उदाएका छन्—आफ्नो उपस्थितिको कुनै जनाधार छैन तर सत्ताको ढोका कहिल्यै बन्द हुँदैन।

यी स्वार्थ समूहले प्रचण्डको वरिपरि यस्तो अपारदर्शी घेरा बनाएका छन्, जसले वास्तविक, इमानदार कार्यकर्ताहरूको पहुँचलाई अवरुद्ध गर्छ। उनीहरूको उद्देश्य केवल ‘प्रचण्ड नछोड्ने’ हो, चाहे पार्टी जर्जर होस् वा आन्दोलन मरेको होस्। उनीहरूको गतिविधि ‘भाइबन्दा-सञ्जाल’, नियुक्तिप्राप्ति, चाकडी र अवसरको चरम नमूना हो ।

उनीहरूलाई कमरेड प्रचण्डको स्वास्थ्य, मनस्थिति वा वैचारिक तनावको कुनै अर्थ छैन। उनीहरू ‘छायाँ शक्तिका संचालक’ हुन्, जसले पार्टीलाई माकुरोको जालोझैँ बनाएका छन्—जहाँ सत्य फस्छ, चाकडी बच्छ।

यो समूहले निम्त्याएका संकटहरू:

• पार्टीभित्र वर्ग संघर्षको साटो ‘क्लिक राजनीति’ हावी हुँदैछ।

• इमानदार कार्यकर्तामा निराशा बढेको छ, तर यी परजीवीहरू चिल्लो गाडीमा यात्रा गरिरहेका छन्।

• विचारभन्दा नियुक्तिप्राप्तिको प्रतिस्पर्धा बढेको छ, र पार्टीको वैचारिक धार कमजोर बनाइएको छ।

२. दोस्रो समूह: भित्रि विरोधी — प्रचण्डको कुर्सी हल्लाउन आतुर अवसरवादीहरू

यो वर्गका पात्रहरू अधिक खतरनाक छन्। उनीहरू पार्टीभित्रै छन्, तर तिनको नजरमा प्रचण्ड अब ‘गएको युग’ हुन्। उनीहरूका भाषणमा सधैँ आन्दोलनको समीक्षा हुन्छ, तर त्यो समीक्षा प्रचण्डलाई नै कमजोर बनाउने अभिप्रायसहित गरिएको हुन्छ।

यी पात्रहरू कुनै आन्दोलनका नायक होइनन्, बरु ‘परिस्थितिजन्य लाभार्थी’ हुन्। उनीहरू प्रचण्डलाई आलोचनाको चपेटामा पार्न विभिन्न कुटनीतिक चाल खेल्छन्—कहिले संस्थागत सुधारको नाममा, कहिले वैचारिक बहसको नाममा। तर उनीहरूको अन्तिम अभिप्राय प्रचण्डको सत्ताबाट विस्थापन हो।

प्रचण्डका लागि बाह्यशक्ति भन्दा पनि खतरनाक रूपमा भित्रैका यी पात्रहरू हुन्। किनभने यी पात्रहरू जनताका नाममा बोल्छन्, तर जनताको भरोसामाथि खेलवाड गर्छन्। उनीहरूले आफ्नो व्यक्तिगत राजनीतिक भविष्य उज्यालो बनाउने नाममा सामूहिक सपनाको हत्या गरेका छन्।

यी पात्रहरूको रणनीति:

• आन्दोलनको समीक्षा, तर नेतृत्वको अपमान गर्दै।

• कार्यकर्ता प्रशिक्षण होइन, ‘गुट बनाउने अभियान’।

• नीति बहस होइन, ‘कुर्सी युद्ध’मा समय खर्च।

यी पात्रहरूले विचारधारालाई सत्ता लिँदा प्रयोग गरेका थिए, तर सत्ता आएपछि त्यही विचारधारालाई ‘पुरानो’ करार गर्दै नयाँ अवसर खोज्दैछन्। प्रचण्डप्रतिको आक्रोश उनीहरूको आत्मकेन्द्रित महत्वाकांक्षाको नतिजा हो, न कि वैचारिक भिन्नताको।

३. तेस्रो समूह: संर्घषशील पंक्ति — विचार, प्रतिबद्धता र भविष्य बोकेका सेनाहरु

यिनीहरू नै वास्तवमै माओवादी आन्दोलनका आत्मा हुन्। यिनीहरू विचारको सुगन्धमाथि अझै भरोसा गर्छन्, नेतृत्वको कमजोरी देख्दा पनि आन्दोलन नछोड्ने अठोटमा हुन्छन्। उनीहरूको स्थान प्रचण्डको निवासमा होइन, संगठनको जडमा छ। सडकमा, गाउँमा, सेलमा—जहाँ पार्टीको माटो छ, त्यहाँ यिनीहरूको पसिना र सपनाहरू सिँचिएका छन्।

यी कार्यकर्ताहरू कुर्सीको पछि लाग्दैनन्। उनीहरूको राजनीतिक लक्ष्य सुविधा होइन, परिवर्तन हो। उनीहरूलाई प्रचण्डको व्यक्तिगत कमजोरी होइन, सामूहिक लक्ष्यको मजबुतीमा चासो छ।

यिनीहरू नेता होइन, निर्माणकर्ता हुन्। विचारका भरोसे बाँचिरहेका यी कार्यकर्ताहरू आफैंले बनाएको आन्दोलनले गलत दिशामा जाँदा आहत हुन्छन्, तर फेरि पनि झन्डा बोकेर हिँड्न छाड्दैनन्।

यिनीहरूको शक्ति:

• पार्टीलाई दुर्घटनाबाट जोगाउने आत्मबल।

• प्रचार होइन, परिश्रममा विश्वास।

• आलोचना होइन, आत्मसमीक्षामा आधारित योगदान।

निष्कर्ष:

प्रचण्डको वरिपरिका यी तीन अनुहारहरूले आजको माओवादी केन्द्रको हालत बयान गर्छन्। पार्टीभित्रको संकट केवल वैचारिक होइन, चरित्रगत पनि हो। जब पहिलो र दोस्रो समूहले नेतृत्वलाई घेरेर आफ्नो स्वार्थको खेती गर्न थाल्छन्, तेस्रो समूहलाई टाढा पारिन्छ। यही प्रवृत्तिले पार्टीलाई खोक्रो, नेतृत्वलाई कमजोर र आन्दोलनलाई दिशाहीन बनाइरहेको छ।

अब पनि यदि कमरेड प्रचण्डले आफ्नो वरिपरिका ‘किन्ना समूह’लाई फ्याँक्न सकेनन्, आफ्नो विरोधीको कुटनीतिक चाल नबुझी आफ्नो कमजोरी ठानिरहे भने—यो आन्दोलन इतिहासमा एउटा अवसर गुमाएको अध्यायका रूपमा मात्रै रहनेछ।

तर यदि उनले इमानदार कार्यकर्तासँग सम्वाद बढाए, सडकबाट उठेका सच्चा नेताहरुलाई स्थान दिए, र व्यक्तिगत मोहभन्दा माथि उठेर सामूहिक संकल्पमा फर्किए—माओवादी आन्दोलन फेरि पनि पुनर्जागृत हुन सक्छ।

किनभने— क्रान्ति व्यक्ति होइन, विचार हो।

र नेतृत्व त्यो हो, जसले आफ्ना वरिपरिका परजीवी होइन, योगदानकारीहरूलाई पहिचान गर्न सक्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार