मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

अपराध नियन्त्रण गर्न सरकार कटिबद्ध छ : गृहमन्त्री लेखक

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
३ पौष २०८१, बुधवार

रुपन्देही । गृहमन्त्री रमेश लेखकले सरकार चोरी तस्करी र अपराध नियन्त्रणमा सदैव कटिबद्ध रहेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै गृहमन्त्री लेखकले पछिल्लो समयमा नयाँ नयाँ खालको अपराधहरू बढ्दै जान थालेकाले नियन्त्रणका लागि यसतर्फ सजग हुन जरुरी भएको बताउनुभयो । उहाँले, लागुऔषध, आत्महत्या, सवारी दुर्घटना, मानव तस्करी, कुटपिट, यौनजन्य हिंसा जस्ता पुराना खालका अपराधसँगै वित्तीय र प्रविधिको प्रयोगबाट हुने अपराध पनि बढ्न थालेकाले त्यसलाई नियन्त्रण गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।

लोकतन्त्रमा कानुनको परिधिमा रहेर र मर्यादामा रहेर अरूको स्वच्छ आलोचना गर्न पाइने भए पनि कपोकल्पित धारणा बनाएर अरूको चरित्रहत्या गर्ने, धार्मिक सामाजिक विखण्डन ल्याउने जस्ता अपराध बढ्न थालेकाले यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नु पर्ने उहाँले बताउनुभयो ।

‘समाजलाई दूषित पार्ने काममा संलग्नसँग कुनै पनि सम्झौता हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा विधिले शासन गर्ने हो, भिडले होइन ।’ पछिल्लो समयमा चेक बाउन्स लगायतका वित्तीय अपराध बढेको उहाँको भनाइ थियो ।  पछिल्लो समय साइबर अपराध पनि बढिरहेको जनाउँदै यसलाई निस्तेज पार्न सुरक्षा अधिकारीलाई ध्यान केन्द्रित गरेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार