मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

गृह जिल्ला जाजरकोटको कमाण्ड गर्ने जिम्मेवारी उपसचिव सुनारको काँधमा

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
गृहले जाजरकोटमा उपसचिव सुरेश सुनारलाई पठाइएको छ । सुनारको यो गृह जिल्ला हो । जिल्लाको भेरी नगरपालिका ४ स्थायी घर भएका उपसचिव सुरेश सुनार देशकै कान्छो सिडिओको रुपमा रेकर्ड राख्न सफल थिए ।
२२ श्रावण २०८०, सोमबार

काठमाडौं । गृह मन्त्रालयले दुई उपसचिव र एक जना सहसचिव तहका कर्मचारीको सरुवा गरेको छ । गृहले अछामका प्रमुख जिल्ला अधिकारी सहसचिव शिवराज न्यौपानेलाई गृह मन्त्रालयमा तानेर त्यहाँ उपसचिवलाई सिडिओको जिम्मेवारी दिएर पठाएको छ । न्यौपाने २०८० जेष्ठ ७ मा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न पुगेका थिए । उनी साढे २ महिनामै फिर्ता बोलाइएका हुन । स्वास्थ्यको समस्याका कारण उनी दुई महिनामै फिर्ता भएका हुन । गृह स्रोतका अनुसार उनी साउन ५ गतेदेखि नै अछामबाट बिदा लिएर स्वास्थ्य उपचारका लागि हिडेका थिए ।

अछाम जिल्ला प्रशासन कार्यालय सहसचिवको दरबन्दी भए पनि त्यहाँ जाने सहसचिव नभएपछि मन्त्रालयका सिनियर उपसचिवलाई सिडियो बनाएर खटाइएको गृहले जनाएको छ । गृहको बरण्डामा अहिले सहसचिव जयनारायण आचार्यमात्र छन् ।

गृहले जाजरकोटमा उपसचिव सुरेश सुनारलाई पठाइएको छ । सुनारको यो गृह जिल्ला हो । जिल्लाको भेरी नगरपालिका ४ स्थायी घर भएका उपसचिव सुरेश सुनार देशकै कान्छो सिडिओको रुपमा रेकर्ड राख्न सफल थिए । उनले यस अघि बझाङको सिडिओ चलाएका थिए भने बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए । शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका उनले गत वर्ष लोकसेवा आयोगले लिएको परीक्षामा उपसचिव पदमा नाम निकालेका थिए । उपसचिव भएलगत्तै उनी बाँकेको सहायक प्रजिअ चलाएका थिए ।

गृहले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव शरद कुमार पोखरेललाई अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेको छ । पोखरेल ७७ चैत्रदेखि त्यहाँ सहायक सिडियोको रुपमा कार्यरत रहदै आएका थिए । यस अघि गृहले सहसचिव सन्त बहादुर सुनारलाई खोटाङको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै