मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

बाँके कांग्रेसको जिल्ला सदस्यमा नरेन्द्र चौधरी सहित सात जना मनोनित

महमूद आलम खान 1133+ समाचार ( )
२१ चैत्र २०७८, सोमबार

नेपालगन्ज । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको सदस्यमा थप ७ जना मनोनित भएका छन् । सभापति नारायण प्रसाद गौडेलले डुडुवा गाउँपालिकाका जननिर्वाचित अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु) सहित ७ जनालाई मनोनित गरेका छन् । मनोनित हुनेमा लक्ष्मी नारायण शाह, , रविन्द्र हमाल, निजामुद्दिन अन्सारी (छोट्कउ), उमा थापा मगर, टंक प्रसाद काफ्ले (आशिष) र राजेन्द्र श्रेष्ठ रहेका छन् । 

हाल ४२ सदस्यीय जिल्ला कार्यसमितिलाई पूर्णता दिन थप ७ जनालाई सदस्य पदमा मनोनित गरिएको सभापति गौडेलले बताए । जिल्ला कार्यसमिति अब ४९ सदस्यीय भएको छ । विधान अनुसार सभापतिले निर्वाचित सदस्यहरु मध्येबाट एक जनालाई कोषाध्यक्षमा मनोनयन गर्नेछन् । 

सभापति गौडेल नेतृत्वको कार्यसमितिमा उपसभापतिमा गोपाल अधिकारी र कृष्ण कार्की, सचिवमा सुधांशु कोइराला र सन्जु कुमारी थारु तथा सह-सचिवमा बिनोद थारु र रेनु सिंह ठाकुर निर्वाचित भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार