मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

खजुरामा शिक्षा शाखाको चरम लापरवाही : बिद्यार्थीहरु शिक्षा बाट बन्चित

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

असलम भाट 

खजुरा । खजुरा गाउँपालिकामा शिक्षा शाखाको लापरवाहीले श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय गोदाहनामा बिद्यार्थीहरु बिधालय छोड्रन सुरु गरेका छन । 

श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय गोदाहनामा शिक्षाको स्तर खस्किदै गएको छ लेखा अधिकृत मुसिर खान प्रा.वि तह का प्र.अ ज्योती प्रकाश पौडेल निर्वाचित वडा अध्यक्ष र शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल को तानाशाही प्रवृत्तिले बिधालयमा पढने वातावरण बिग्रेको छ । बिधालयमा राम्रो शौचालयको ब्यवस्थापन छैन गुणस्तरीय खानेपानीको ब्यवस्थापन छैन बिद्यार्थी हरुलाई दिने दिवा खाजामा भुजा र दालमोट दिने गरेको स्थानीयले बताए । यस्ता धेरै समस्या हरु स्कुलमा रहेका छन केही शिक्षक हरु मनोमानी तरिकाले काम गर्छन ८ सम्मका बिद्यार्थी हरुलाई राम्री ब्याकरण थाहा नभएको बिद्यार्थी हरु बताउछन ।

भ्रष्टाचारलाई लुकाउनको लागि दिवा खाजा लगायत अन्य योजनाहरुमा गरेको अनियमितता को पर्दाफास हुने डरले नव निर्वाचित बिधालय ब्यवस्थापन समिती लाई अध्यक्ष चयन गर्न नदिएको अभिभावक हरु बताउँछन् । 

बिधालय ब्यवस्थापन समितीको निर्वाचन भएको ३/४ महिना हुन लागि सक्यो खजुरा सत्तापक्षका आफ्ना ब्यक्ती निर्वाचित भएन भनेर नव निर्वाचित समिती लाई काम नै गर्न नदिइएको साथै पालिकाले मावी तहको प्रधानध्यापक पारस नाथ बर्मा लाई उक्त बिधालयको प्र.अको रुपमा पठाए त पनि बैशाख १५ गते हाजिर भएका थिए तर अहिले सम्म पनि ज्योती प्रकाश पौडेलले बर्मा लाई प्र.अ को जिम्मेवारी सम्हाल्न दिईएका छैनन । 

पौडेलले नियम बिपरित आफै प्र.अ को जिम्मेवारी सम्हालेको निर्वाचित सदस्य राम कुमारे अहिर फुलजहा खा नन्की यादवले बताए ।  

यति लापरवाही हुँदा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले उक्त बिधालयको खाता बन्द गरेर ब्यवस्थापन समितीको टुङ्गो लगाउन सकेका छैनन मल्लले एमालेको एकजना कार्यकर्ता लाई मनोनित गर्ने वडा अध्यक्षले एकजना माओवादीको कार्यकर्ता लाई मनोनित गर्ने अनि त्यही मध्य बाट अध्यक्ष चयन गर्ने होइन भने यो समिती लाई नै बदर गर्दिन्छु भन्ने धम्की दिदै आएको निर्वाचित सदस्य हरुले बताउछन ।  

मल्ल कै कारण आज सम्म समितीले पूर्णतः पाएको छैन यस्तै रह्यो भने हामी सबै जना आफ्ना छोराछोरी लाई त्यो बिधालयमा पढन नपठाउने अभिभावक हरुले बताए । 

शिक्षा शाखा प्रमुख डुडुवा गाउँपालिका देखि नै बिबादित छन एमाले र पालिका अध्यक्ष डम्बर बि.क तुफान को सरक्षणमा यसरी नियम बिपरित काम गर्दै आईरहेको स्थानीय बुद्धिजीवी हरुले बताए । यस बिषयमा बुझ्न शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल लाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार