मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

नेपालगञ्ज ४ मा सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन

महमूद आलम खान 1133+ समाचार ( )
वडा अध्यक्ष बेहनाले गरे केन्द्रको उद्घाटन
१७ माघ २०७८, सोमबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा सामुदायिक मेलमिलाप केन्द्रको सोमबार उद्घाटन गरिएको छ ।

केन्द्रको उदघाटन कार्यक्रममा बोल्दै नेपालगञ्ज वडा नं ४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहनाले मेलमिलाप केन्द्र उदघाटनले आफु उत्साहित भएको र अबका दिनमा वडाभित्र केही झैझगडा भएमा मेलमिलाप केन्द्रलाई जिम्मा दिने बताए । वडाअध्यक्ष बेहनाले नगरपालिकाले मेलमिलापकको केन्द्रको कार्यलय स्थापनाको लागि बजेट विनियोजन नगरेकोले प्रति चिन्ता व्यक्त गर्दै नगरपालिका संग समन्वय गरि बजेटका विषयमा छलफल गर्ने बताउनु भयो । वडाअध्यक्ष बेहनाले अबका दिनमा वडामा खटिएका मेलमिलापकर्ताहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मेलमिलाप केन्द्र नेपालगन्जका संयोजक शिव कुमार बर्माले माघ महिना भित्रै सबै वडामा मेलमिलाप केन्द्र खौल्ने अभियान नेपालगञ्ज वडा नं ४ मा समेत केन्द्र स्थापना गरिएको बताउनुभयो । मेलमिलाप केन्द्रले पछिल्लो समय प्रभावकारी काम गर्न थालेसँगै समाजमा भएका झैझगडा मिलाउन  जनप्रतिनिधिले राहात महसुस गरेका छन ।

वडा सदस्य इन्दिरा शाहीले ३ बर्ष पहिला नै स्थापना हुनु पर्ने मेलमिलाप केन्द्र अहिले आएर स्थापना भए पनि नागरिकले सहजता पाउने छन् भन्ने विश्वास लिएको बताउनुभयो । कार्यक्रमको संचालन केन्द्रका सचिव पत्रकार मधु पौडेलले गर्नु भएको थियो । भने कार्यक्रममा सहजकर्ताहरु कौशल सिह धामी र अस्मिता शाहको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार