मुख्य समाचार
विपद्सँग जुध्न जानकी गाउँपालिका सक्रिय : तीन दिने उद्धार टोली क्षमता अभिवृद्धि तालिम सुरु | 'एसईई'मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार | जानकी अध्यक्ष कप क्रिकेटको उपाधि रमवापुरलाई | लालीबजार आँसु र अस्तित्वको सङ्घर्ष | सूचना प्रवाहदेखि सेवा सुधारसम्म : नेपालगन्ज वितरण केन्द्रका विष्णु खत्रीको उदाहरणीय कार्यशैली | रातानीला गुलमोहर र बेगमबेलीले नेपालगञ्जको सौन्दर्य | सरसफाइलाई संस्कार बनाउने अभियानमा जानकी गाउँपालिका | स्तनको आकारको महत्व | भेरी अस्पतालमा नेतृत्व परिवर्तन : डा. नवीन दर्नाललाई मेसुको जिम्मेवारी | ब्रिटिश स्कुलमा डा. दिल द्वारा स्वास्थ्य सचेतना |

विपद्सँग जुध्न जानकी गाउँपालिका सक्रिय : तीन दिने उद्धार टोली क्षमता अभिवृद्धि तालिम सुरु

यूथ टुडे समाचारदाता 3374+ समाचार ( )
३ जेठ २०८३, आइतबार

बाँके । विपद्का घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले जानकी गाउँपालिकाले तीन दिने विपद् उद्धार टोली क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ ।

ग्रामीण क्षेत्रमा आगलागी, बाढी, हावाहुरी, दुर्घटना लगायतका विपद्का घटना बढ्दै गएको अवस्थामा उद्धारकर्तालाई दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंहले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यको अभाव हुँदा जोखिम झन् बढ्दै गएको बताउँदै उद्धार टोलीलाई व्यवहारिक सीप प्रदान गर्न तालिम सुरु गरिएको जानकारी दिनुभयो ।

सामुदायिक विकासका लागि सामाजिक जागरण नेपालले गाउँपालिकाको सहयोगमा आयोजना गरेको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राम प्यारी यादवले बहुप्रकोप जोखिमयुक्त ग्रामीण क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धिका लागि यस्तो तालिम अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले तालिमबाट सिकेका सीप र ज्ञानलाई व्यवहारमा लागू गर्दै समुदायको सुरक्षामा सक्रिय भूमिका खेल्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णा कुमारी भण्डारीले विपद्का बेला पहिलो उद्धारकर्ता समुदाय नै हुने भएकाले स्थानीय तहमा दक्ष स्वयंसेवक तयार पार्नु आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै सामाजिक विकास समितिका संयोजक राम अचल धोबीले विपद्का समयमा छिटो उद्धार र सही व्यवस्थापनले ठूलो क्षति हुनबाट जोगाउन सकिने उल्लेख गर्नुभयो ।

तालिम आयोजक सामाजिक जागरण नेपाल का अध्यक्ष श्याम बर्मा ले समुदायस्तरमै विपद् प्रतिकार्य गर्ने जनशक्ति तयार पार्नु तालिमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

तालिममा अग्नि नियन्त्रणका विधि, उद्धारका तरिका, अग्नि नियन्त्रण सामग्री सञ्चालन विधि, प्राथमिक उपचार तथा आपतकालीन व्यवस्थापनका विषयमा प्रहरी वरिष्ठ हवल्दार सन्तोष यादव, अमरेश कुमार लगायतले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

विपद् शाखा प्रमुख राजेन्द्र बाजपाई ले मानव जीवनमा आइपर्न सक्ने आगलागी, दुर्घटना, चोटपटक, आकस्मिक बिरामी तथा वातावरणीय समस्याका समयमा तत्काल प्राथमिक उपचार र उद्धार गर्न समुदायमै स्वयंसेवक तयार पार्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।

गाउँपालिकाले यस्ता तालिममार्फत स्थानीयस्तरमा विपद् प्रतिकार्य क्षमता बलियो बनाउँदै सुरक्षित र सचेत समुदाय निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ । कार्यक्रममा सुचना प्रविधि अधिकृत बिकास जिसी लगायतको उपस्थिति रहेको थियो भने ४० जना को सहभागिता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार