मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

बाँकेको नरैनापुरमा गाउँब्लमा रहेका भूमिहिनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
नरैनापुरमा नापी र मालपात साउन भित्रै संचालनमा आउने– मन्त्री रन्जीता
१५ असार २०८०, शुक्रबार

महमूद आलम खान

नरैनापुर । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जीता श्रेष्ठ चौधरीले बाँकेको नरैनापुर गाउँपालिकाको गाउब्लकमा रहेका भू्मिहीनहरूलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नु भएको छ ।

नरैनापुर गाउँपालिकाको वडा नं ४ मा गाउब्लकमा रहेका ७७ घर परिवारलाई शुक्रबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको नापी कार्यालय बाँकेका नापी अधिकृत मिरा न्यौपानेले जानकारी दिनु भयो ।

जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नुहुँदै मन्त्री रन्जीताले नरैनापुरमा रहेका गाउँब्लकका थप ४ सय नागरिकहरुलाई केही महिना भित्रै जग्गा वितरण गरिसक्ने बताउनु भयो । मन्त्री रन्जीताले नापी भइसकेका गाउब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान शुरु गरिएको र यस अभियानमा भूूमि भएर पनि भूूमिविहीन बनीरहेकाहरू कोही पनि छुुट्ननहुनेमा जोड दिदै नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराउनु भएको थियो ।

उहाँले नरैनापुरमा नापी र मालपोत कार्यालय राख्ने निर्णय भई सकेको बताउदै साउन महिना भित्रै कार्यालय संचालनमा आउने जिकिर गर्नु भयो । मन्त्री रन्जीताले नरैनापुरमा इलाका प्रशासन कार्यालय अविलम्ब संचालनका लागि मन्त्री परिषदको बैठकमा प्रस्तावको रुपमा पेश गर्ने प्रतिबद्धता व्यक्र गर्नु भएको थियो । 

मन्त्री रन्जीताले भूूमिहीन दलित, सुकुुम्बासी र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्ने गरी काम भई रहेको बताउदै मुक्त हलीया, कमलरी, कमैयाहरुको समस्या समाधान गर्नका लागि आफू लागि परेको बताउनु भयो ।

मन्त्री रन्जीताले भन्नुभयो,अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनुपर्दैन । उहाँले आफ्नो कार्यकालभित्रै भूमिहीनहरूको समस्या समाधान गर्नेगरी काम गरिरहेको जानकारी दिनु भएको थियो ।

कार्यक्रममा नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरमा मन्त्री रन्जीतालाई माला लगाएर स्वागत गर्नुका साथै नरैनापुरमा इलाका प्रशासन, नापी, मालपोत र भन्सार कार्यालय संचालनका लागि पहल गरी दिन आग्रह गर्नु भएको थियो । उहाँले नरैनापुरको विकासका लागि समेत ध्यान दिन मन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । 

पुर्जा वितरण कार्यक्रममा बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, नरैनापुर १ का अध्यक्ष इसाक जोहाल, वडा ं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, जिन्सी शाखा प्रमुख भरत महतो, मन्त्रालयका प्रतिनिधि, नापी कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो भने मन्त्रालयका महानिर्देशक जनक राज जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार