मुख्य समाचार
बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक |

राप्रपाले हिन्दु समुदायको सुरक्षाको माग गर्दै बंगलादेशको प्रधानमन्त्रीलाई बाँके प्रशासन मार्फत बुझाइयो ज्ञापन पत्र

महमूद आलम खान 1133+ समाचार ( )
३ कार्तिक २०७८, बुधवार

बिनय पाठक

बाँके । राष्ट्रिय प्रजातान्त्रिक युवा संघ नेपालगञ्ज समितिले बंगलादेशमा मन्दिर तथा हिन्दु आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गरेको छ ।

संघले बंगलादेशको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न माग गरेको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई जिल्ला प्रशासन कार्यालय बाँके मार्फत ज्ञापन पत्र बुझाउँदै बंगलादेशमा रहेका हिन्दु समुदायको सुरक्षाको माग गरेको राप्रपा नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले युथ टुडे न्युजलाई जानकारी दिनु भयो ।

युवा संगठनका अध्यक्ष रबि शंकर बर्मा नेतृत्वको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री मार्फत प्रधानमन्त्री हसिना समक्ष ज्ञापन पत्र बुझाएको हो ।

राजधानी ढाकामा सयौं मानिसहरुले अहिले विरोध प्रदर्शन गरिरहेका छन् । देशमा चलेको धार्मिक हिंसा अन्त्यको माग गर्दै उनीहरु विरोधमा उत्रेका हुन् ।

सामाजिक सञ्जालमा इस्लामको पवित्र पुस्तक कुरान हिन्दु मन्दिरको तल राखिएको तस्विर भाइरल भए लगत्तै दङ्गा भड्कीएको थियो । दङ्गामा हिन्दुहरुमाथि हमला गरिएको छ ।

हालसम्म अधिकांश हिन्दु धार्मिक स्थलहरुमा हमला भएको छ । बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले साम्प्रदायिक सद्भाव भंग गर्ने उद्देश्यले आक्रमण भएको बताएका छन् । हिंसा अक्टोबर १५ देखी सुरु भएको थियो । ज्ञापन पत्र बुझाउन राप्रपाका नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार