मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

विविध प्रस्ताव पारित गर्दै एमाले केन्द्रिय कमिटीको बैठक सम्पन्न

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार
काठमाडौँ । नेकपा एमालेको आठौँ केन्द्रिय कमिटी बैठक सुशासन, विकास र समृद्धिको अभिभारा पुरा गर्न राजनीतिक स्थायित्वको प्रतिविद्धतासहित विविध समसामयिक प्रस्तावहरू पारित गर्दै आज सकिएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आइतबारदेखि बसेको केन्द्रीय कमिटीको बैठकले आज समसामयिक १४ वटा प्रस्ताव पारित गरेको हो ।

बैठकद्वारा पारित प्रस्तावले राष्ट्रिय हितको रक्षा, सामाजिक आर्थिक रूपान्तरण, सुशासन, स्वरोजगार, भ्रष्टाचार नियन्त्रण, पारदर्शिताको सुनिश्चितता, बाढि पहिरो, भूकम्पबाट पीडितको पुर्ननिर्माण, पुनर्स्थापनाका कार्यमा तीव्रता दिन, भूकम्प, मिथ्या सूचना प्रचारलाई रोक्न नियामक निकायका भूमिका थप प्रभावकारी बनाउन सरकारसँग सङ्कल्प र आग्रह गरेको छ ।

केन्द्रिय कमिटी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेकपा एमाले र नेपाली काँग्रेसको संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको बैठकले निष्कर्ष निकालेको बताउनुभयो ।

बैठकले सत्तारूढ दलहरू बिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ बनाउँदै सरकारलाई प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण समेत गराएको प्रमुख गौतमले जानकारी गराउनुभयो ।

यस्तै नेकपा एमालेको आजको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि बैठकलाई सम्बोधन गर्नुहुँदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अब पार्टीभित्र कुनै पनि पूर्व समूहहरू कायम नरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने किसिमका गुटबन्दी र अराजकता स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकलाई स्थायित्व र समृद्धि हासिल गर्ने लक्ष्यसहित समाजवादको गन्तव्यलाई ध्यानमा राखेर वर्तमान सरकारले काम गरिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार