मुख्य समाचार
रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण |

र्जेन्टिनाको उत्कृष्ट कमब्याक, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

यूथ टुडे समाचारदाता 3527+ समाचार ( )
२४ असार २०८३, बुधवार

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । इजिप्टविरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गर्‍यो । खेलको पहिलो हाफको १५ औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो । यासिर इब्राहिमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको १९ औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । लियोनल मेस्सी चुक्दा पहिलो हाफमा अर्जेन्टिना गोलविहीन बन्यो ।

दोस्रो हाफको ५७ औँ मिनेटमा इजिप्टका मोस्ताफा जिकोले गोल गरेका थिए । भीएआर परीक्षणबाट इजिप्टले त्यसअघि फाउल गरेको देखाएसँगै उक्त गोलले मान्यता पाएन । त्यसपछि उनले ६६ औँ मिनेटमा गोल गर्दै नतिजा २-० को स्थितिमा ल्याए ।

खेलको ७७ औँ मिनेटसम्म अर्जेन्टिना २-० ले पछि परेको थियो । ७८ औँ मिनेटमा अर्जेन्टिनाका क्रिष्टिन रोमेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरे ।

८३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए । दोस्रो हाफको इन्जुरी समयको ९२ औँ मिनेटमा इन्जो फर्नान्डिजले गोल गर्दै खेल अर्जेन्टिनाको पक्षमा ल्याए । क्वाटरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्याण्ड र कोलम्बोबीचको खेलबाट तय हुने विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार