मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जनताले चाहे बिकास हुन्छ - प्रधानमन्त्री

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२८ असार २०८२, शनिबार

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चाहेमा देशको विकास चाँडै हुने बताउनुभएको छ ।

इलामको माई नगरपालिकामा शनिबार आयोजित कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले जनताले चासो राखे देशको विकास चाँडै हुने बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा कसैले अवरोध गर्न नहुने बताउँदै विकास निर्माणका काममा सहभागी बन्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘सरकार विकास गर्न कम्मर कसेर लागेको छ, त्यसमा तपाईंहरु सकारात्मक सोच राखेर सारथी बन्नुहोस् ।

राजनीतिक विषयमा कुनै प्रतिक्रिय नजनाउनुभएका प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्ग निर्माणले विकासको ढोका खोलेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा उत्पादन हुने सुपारी, केरालगायतको बजारीकरणमा तीन तहका सरकार लाग्नुपर्ने बताउनुभयो । 

उक्त अवसरमा माई नगरपालिकाका नगरप्रमुख खम्बासिं लिम्बूले नगरको विकासका लागि विभिन्न मागसहितको ज्ञापन पत्र बुझाउनुभयो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायतको सहभागिता थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार