मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपाल र चीनबीच विकास परियोजना अन्तर्गत १३ वटा सम्झौतामा हस्ताक्षर

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
८ अशोज २०८०, सोमबार

बेइजीङ । नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १३ वटा सम्झौतामा हस्ताक्षर भएको छ। बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।

कृषि, पूर्वाधार, विद्युतलगायतका १३ वटा परियोजनामा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराइने सचिवालयले जनाएको छ।

भेटमा चिनियाँ प्रधानमन्त्री ली छियाङले चीन(नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । प्रधानमन्त्री छियाङले नेपालका प्रधानमन्त्री दाहाल भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोगी बनेको बताए।

उनले प्रधानमन्त्री प्रचण्डले चीन(नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्‍याएको उल्लेख गरे। प्रधानमन्त्री छियाङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए।

दाहाल र चिनियाँ समकक्षी छ्याङबीच भेटवार्ता अघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ जनमुक्ति सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो। यस्तै आजै बिहान प्रधानमन्त्री दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो। प्रधानमन्त्रीसहितको टोली एक साताको औपचारिक चीन भ्रमणका लागि आइतबार बेइजीङ पुगेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार