मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

देशभरका सबै स्वास्थ्य संस्थामा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
२४ असार २०८३, बुधवार

काठमाडौं । स्वास्थ्य सेवा विभागले देशभरका सरकारी तथा निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

विभागले ‘स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि, २०८०’ कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै स्वास्थ्य संस्थालाई उक्त व्यवस्था अनिवार्य रूपमा लागू गर्न भनेको हो ।

विभागका अनुसार स्वास्थ्य संस्थामा सेवा लिन आउने स्तनपान गराइरहेका आमाहरूलाई सुरक्षित, सहज र गोपनीय वातावरणमा शिशुलाई स्तनपान गराउने व्यवस्था सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना आवश्यक छ। यसले शिशुको पोषण, आमाको स्वास्थ्य तथा स्तनपानमैत्री वातावरण प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास विभागले लिएको छ ।

विभागले सबै सम्बन्धित स्वास्थ्य संस्थालाई कार्यविधिमा उल्लेख भएका मापदण्डअनुसार स्तनपान कक्ष स्थापना गरी नियमित सञ्चालन गर्न तथा यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएको छ ।

नेपाल सरकारले शिशुको पहिलो ६ महिनासम्म केवल आमाको दुध खुवाउने तथा त्यसपछि दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिन प्रोत्साहन गर्दै आएको छ। सोही नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न स्वास्थ्य संस्थाहरूमा स्तनपानमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले यो निर्देशन जारी गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार