मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

बाँकेको ढकेरीमा बाघ देखिए पछि आवगमनमा उच्च सतर्कता

महमूद आलम खान 1133+ समाचार ( )
राजमार्ग नजिक पर्ने गाउँ वस्तीमा समेत बाघ छिर्ने खतरा
३० अशोज २०७८, शनिबार

बाँके । केही दिन पहिलेसम्म बाँकेको गाभर क्षेत्रमा देखिएका पाटेबाघ अहिले आएर ढकेरीमा देखिएका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुर–ढकेरी खण्डमा पाटेबाघ देखिएपछि सवारी आवगमनमा उच्च सतर्कता अपनाईएको छ ।

सो राजमार्ग नजिक पर्ने गाउँ वस्तीमा समेत बाघ छिर्ने खतरा बढेकोले जानकारी गराएर सतर्क र सुरक्षित रहन सर्वसाधारणलाई बाँके निकुञ्जले आग्रह गरेको जनाएको छ ।

कोहलपुर–ढकेरी सडक खण्डको झिझिरी खोला नजिकै पाटेबाघ देखिएपछि सवारी साधन लगायत पैदल र साइकलमा यात्रा गर्नेको आवतजावतमा नेपाली सेनाले कडाई गरेको छ । सो सडक खण्डमा नेपाली सेनाले समूहमा मात्र बाईकहरुलाई आवतजावत गर्न दिइरहेको छ ।

दसैंलाई मध्यनजर गरेर यो सडक खण्डमा सवारी साधनको आवतजावत धेरै भैरहेकोले समूहमा मात्र यात्रा गर्न दिइएको छ ।

भदौंको अन्तिममा कुसुम क्षेत्रमा पाटेबाघको समूह नै देखिएपछि राजमार्गमा आवतजावत गर्दा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले कडाई गरिरहेको थियो ।

पछिल्लो समय पाटेबाघ देखिरहेकोले राजमार्ग यात्रा गर्नेहरु तथा निकुञ्ज आसपासका क्षेत्रमा बसोबास गर्न मानिसहरुलाई सर्तकता अपनाउन बाँके निकुञ्जले आग्रह गरिरहेको निकुञ्जका प्रमुख श्याम कुमार शाहले बताउनुभयो ।

उहाँले निकुञ्ज क्षेत्रमा घर पालुवा जनावर चराउन नलैजान समेत आग्रह गरिएको बताउनुभयो ।

जिल्लाको गाभरमा एक जना भारतीय नागरिकलाई राजमार्गबाटै बाघले तानेर जंगलमा लगेर खाएपछि सो क्षेत्रमा बाघको समुहनै देखिएको थियो । बाघको उक्त समुह पुर्वपश्चिम राजमार्गको अन्य ठाउँमा पनि पटक पटक देखिएपछि स्थानीय तथा आवागमन गर्नेमा डर त्रास बढेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार