मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट कप्तान रोहित पौडेल सम्मानित

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ ।
२७ चैत्र २०७९, सोमबार

सिराज खान 

बाँके । नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ ।

नेपालको क्रिकेट इतिहासमा सबैभन्दा उत्कृष्ट नेतृत्व प्रदर्शन गरेर टोलीलाई विश्व कपको छनोटमा पुर्‍याएको तथा १२ खेल लगातार जितेर इतिहास कायम गरेको जनाउँदै कप्तान पौडेललाई सो पुरस्कार प्रदान गरिएको हो ।

युवा सङ्घ नेपालको नेपालगञ्जमा सोमबारबाट सुरु भएको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कप्तान पौडेललाई एक लाख रुपियाँको चेक र ट्रफी प्रदान गर्नुभएको हो ।

देशभरिमा उत्कृष्ट काम गर्ने युवालाई प्रोत्साहन गरेर अन्य युवालाई समेत राम्रो कामका लागि उत्साहित गर्ने उद्देश्यले गत वर्षबाट केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कार दिन थालिएको युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले बताउनुभयो ।

पुरस्कार पाएपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै कप्तान पौडेलले यस पुरस्कारले आफू लगायत सम्पूर्ण युवालाई देशका लागि केही गर्नुपर्छ भन्ने हौसला मिलेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार