मुख्य समाचार
भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै |

भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने

यूथ टुडे समाचारदाता 3536+ समाचार ( )
१७ भाद्र २०८३, बुधवार

बाँके । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि बाँकेको जानकी गाउँपालिकाले रु. १ लाख १ हजारसहित जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकबाट थप सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरोमा परी ज्यान गुमाएका, बेपत्ता तथा घाइते भएका नागरिकको खोज तथा उद्धार, राहत, पुनःस्थापना एवं पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको हो ।

गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन कोषबाट रु. १ लाख १ हजार उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा गाउँ कार्यपालिका सदस्यले आफ्नो मासिक सुविधाको सात दिन बराबरको रकम सहयोग गर्नेछन् भने वडा सदस्यबाट मासिक सुविधाको तीन दिन बराबरको रकम सहयोग गरिनेछ ।

यसैगरी गाउँपालिकाबाट तलबभत्ता खाने स्थायी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीलगायत राष्ट्रसेवकबाट समेत तहअनुसार सहयोग रकम संकलन गरिने भएको छ । अधिकृतस्तरका कर्मचारीबाट सात दिन, सहायकस्तरबाट पाँच दिन तथा कार्यालय सहयोगीस्तरबाट तीन दिन बराबरको तलब सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताउनुभयो ।

विपद्मा परेका नागरिकको उद्धार र राहतका लागि स्थानीय तहको कोषसँगै जनप्रतिनिधि तथा कर्मचारीको व्यक्तिगत पारिश्रमिकबाट समेत सहयोग जुटाउने निर्णयले मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको सन्देश दिएको छ ।

गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै खोज तथा उद्धार, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा आवश्यक सहयोग र समन्वय गर्ने जनाएको छ ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएका बेला स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी तथा नागरिकको सामूहिक प्रयासले पीडित परिवारलाई राहत पुग्नुका साथै विपद् व्यवस्थापन अभियानलाई थप बल पुग्ने विश्वास गाउँपालिकाले लिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार