मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

विकास र जनभावना बुझ्ने नेता दिपेन्द्र बिष्ट, वडा–वडामा जनविश्वास बलियो

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१५ माघ २०८२, बुधवार

नेपालगन्ज । बाँके क्षेत्र नं. २ मा चुनावी माहोल थप तातिँदै गएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ र वडा नं. ६ मा प्रचार–प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै जनसम्पर्क अभियानलाई नयाँ उचाइमा पुर्‍याउनुभएको छ।

सम्पर्क कार्यालय उद्घाटनसँगै बिष्टको अभियान झनै जनमुखी बन्दै गएको देखिएको छ। उद्घाटन कार्यक्रममा समानुपातिक तर्फका उम्मेदवार कालि मिया "कस्मिरा" र जमिया खातुनको उपस्थिति रहेको थियो। उहाँहरूले प्रत्यक्ष जनसंवाद, समावेशी विकास र सामाजिक न्यायलाई अभियानको केन्द्रमा राखेर एकजुट रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै उम्मेदवार बिष्टले राजनीति भाषण र नारामा सीमित हुन नहुने स्पष्ट पार्नुभयो । “राजनीति जनताको दैनिकीसँग जोडिनुपर्छ,” भन्दै उहाँले रोजगारी सिर्जना, आधारभूत सेवामा पहुँच र स्थानीय समस्याको दिगो समाधान आफ्नो प्रमुख प्राथमिकता रहने बताउनुभयो। उहाँले सम्पर्क कार्यालयलाई प्रचारको थलो मात्र नभई जनताको गुनासो, सुझाव र आवाज सुन्ने साझा केन्द्रका रूपमा विकास गर्ने धारणा राख्नुभयो।

स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य सहभागिताले दुबै वडामा चुनावी उत्साह बढाएको देखिएको छ। स्थानीयवासीले उम्मेदवार बिष्टको सक्रियता, सरल शैली र सबैको कुरा ध्यानपूर्वक सुन्ने स्वभावले आफूहरूमा विश्वास बढेको प्रतिक्रिया दिएका छन्। 

वडा २ र ६ मा सम्पर्क कार्यालय सञ्चालनमा आएसँगै बाँके क्षेत्र नं. २ मा दिपेन्द्र बिष्टको चुनावी अभियान थप संगठित, जनमुखी र विकासको स्पष्ट दृष्टिकोणसहित अघि बढिरहेको देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार