मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देन बीच तालमेल गरेर चुनाव लड्ने छलफल

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
लिङ्देन निकट स्रोतका अनुसार शुक्रबार साँझ बालकोटमा ओली र लिङ्देनबीच करिब एक घण्टा छलफल भएको थियो
२८ श्रावण २०७९, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच चुनावी तालमेलबारे छलफल भएको छ । शुक्रबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो । सो क्रममा उनीहरुबीच आगामी चुनावमा तालमेल गरेर जानेबारे छलफल भएको बताइएको छ ।

लिङ्देन निकट स्रोतका अनुसार शुक्रबार साँझ बालकोटमा ओली र लिङ्देनबीच करिब एक घण्टा छलफल भएको थियो । उनीहरुबीच मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा कुराकानी भएको थियो ।

स्रोतका अनुसार चुनावमा सहकार्य गरेर जानेबारे छलफल भएपनि निर्णयमा पुगिसकेको छैनन् । ओली र लिङ्देनबीच चुनावी तालमेलबारे यो पहिलो छलफल हो । पुनः छलफल गरेर निर्णय गर्ने स्रोतको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा लिङ्देन झापा ३ बाट चुनाव लड्दैछन । २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए ।

उनले नेपाली कांग्रेस नेता कृष्ण सिटौलालाई हराएका थिए । यसपटक पनि झापा ३ मा सिटौला र लिङ्देनबिच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार