मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

नरैनापुर गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिकाका सबै ६ वटै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै पालिकालाई पनि आज दिगोपना घोषणा गरिएको हो ।

नरैनापुर गाउँपालिकामा १ हजार ५२ जना बालबालिका १६ महिनादेखि २३ महिना उमेर समूहका छन् । छुटेका १५५ जना बालबालिकालाई पनि सबै प्रकारका खोप लगाइएको छ । उनीहरू सबैले पाउनुपर्ने खोप पाइसकेपछि नरैनापुर गाउँपालिका वडा नं ६ का अध्यक्ष एवं पालिकाका कार्यवाहक अध्यक्ष प्रेम मौर्यले आज एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख तथा खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख चौधरीले नरैनापुर गाउँपालिका वडा नं ६ का अध्यक्ष एवं पालिकाका कार्यवाहक अध्यक्ष मौर्यलाई हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा पालिकाका कार्यवाहक अध्यक्ष मौर्यले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो । 

घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाह लगायत सरोकारवालाको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार