मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

राजापुरमा ‘ग्रिन इकोनोमि’ र ‘सुरक्षा’ परियोजनाको संयुक्त अनुगमन

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राजापुर नगरपालिकामा सञ्चालन गरेको परियोजनाको संयुक्त अनुगमन गरिएको छ ।

क्लबले बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको ‘ग्रिन इकोनोमि’ र ‘सुरक्षा’ परियोजनाअन्तर्गत विभिन्न कार्यक्रमको क्लबका पदाधिकारी, कर्मचारी र नगरपालिकाका जनप्रतिनिधिहरुद्धारा संयुक्त अनुगमन भ्रमण गरिएको हो । 

सो अनुगमन भ्रमणको मुख्य उद्देश्य परियोजनाका कार्यक्रमहरूको गुणस्तर र प्रभावकारिता मूल्यांकन गर्ने, लाभग्राहीहरूको सन्तुष्टि बुझ्ने, मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रमहरूको प्रभाव परीक्षण गर्ने र अझ प्रभावकारी बनाउन आवश्यक आवश्यकताहरु पहिचान गर्ने रहेको क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताउनुभयो । 

उहाँका अनुसार अनुगमन भ्रमणका क्रममा बेतबास तथा विषादीरहित तरकारी खेतीमा संलग्न सहभागीहरूसँग अन्तरक्रिया, कक्षाकोठा मर्मत तथा नयाँ शौचालय निर्माणको अवलोकन, विद्यालय व्यवस्थापन समिति÷अभिभावक शिक्षक संघसँग छलफलका साथै अभिभावक समूहसँग मानव बेचबिखन नियन्त्रणसम्बन्धी अन्तरक्रिया गरिएको थियो । 

राजापुर नगरपालिका–७ भालुफाटामा भएको भ्रमणमा अभिभावकहरूले परियोजनाले मानव बेचबिखनसम्बन्धी सचेतना प्रभावकारी रूपमा बढाएको जनाउनुका साथै बालविवाह र लागुऔषध दुरुपयोग रोकथाममा नगरपालिकाको पहल अपरिहार्य भएकोमा जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारूले मानव बेचबिखन नियन्त्रणका लागि नगरपालिका प्रतिबद्ध रहेको दोहोर्याउँदै बालबालिका, युवा र महिलाको सुरक्षा, शिक्षा तथा समग्र विकासलाई बिशेष प्राथमिकतामा राखिएको बताउनुभयो । 

नगरपालिकाले विद्यालयहरूमा प्रेरणादायी सत्रहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले दुवै परियोजना प्रभावकारी र नगरपालिकाको लक्ष्यसँग मेल खाने भएकाले थप सशक्त नतिजाकालागि संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।

सो अनुगमन भ्रमणमा नगर प्रमुख थारू, उपप्रमुख मनकला कुमारी चौधरी, कृषि शाखा प्रमुख तुलाराम थारू वडा नं. ६, ७, ८ र १० का वडा अध्यक्षहरू, उद्यम विकास इकाइ संयोजक पूर्णबहादुर ओली, रोजगारी शाखा प्रमुख रमेश पोखरेल तथा राजापुर नगरपालिकाका स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो ।

बाँके युनेस्को क्लबकोतर्फबाट कार्यकारी निर्देशक तुलाधर, उपनिर्देशक गोविन्द प्रसाद लामिछाने, कार्यक्रम संयोजक ईश्वर बीके, कार्यक्रम अधिकृत राधे कृष्ण थारू तथा फिल्ड सुपरभाइजर संजिता रिजाल र प्रमिशा थारूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार