मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

गरिब असहाय र पीडित मान्छेलाई दुख दिने प्रहरीलाई कारवाही गरिने - गृह मन्त्री श्रेष्ठ

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
‘हाम्रो पद भनेको जिम्मेवारी हो । हामी हाकिम बन्ने होइन । गरिब असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छ । उनीहरूका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ । वास्ताविक जनताका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ’, उनले भने ।
२० चैत्र २०७९, सोमबार

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्न जरूरी रहेको बताएका छन् 

सोमबार प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा उनले गैरकानुनी कृयाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने भन्दै नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने बताए ।

‘हाम्रो पद भनेको जिम्मेवारी हो । हामी हाकिम बन्ने होइन । गरिब असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छ । उनीहरूका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ । वास्ताविक जनताका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ’, उनले भने ।

सोमबार प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा उनले भने, ‘हामीले शासकीय अहंकार देखाउने । त्यो सासकीय अहंकारसहित तथाकथित पदलाई स्थापित गराउने र लाभ र सुविधाकेन्द्रीत बनाउनेमा हामीहरू केन्द्रित हुनुहुँदैन ।’

जनतालाई सेवा दिन राज्यका सबै संयन्त्र लाग्नुपर्नेमा उपप्रधामन्त्री श्रेष्ठले जोड दिए । ‘प्रहरी संगठनले जति काम गर्न सक्यो त्यति यो परिवर्तन जनतासँग पुग्छ । त्यति नै यो परिवर्तनको रक्षा हुन सक्छ,’ उनले भने, ‘प्रहरी संगठनको कामबाट नै जनतामा सरकार हाम्रो पोल्टामा आइपुग्यो भन्ने स्थापित गर्न सक्नुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार