मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

महमूद आलम खान 1132+ समाचार ( )
दुर्घटनामा ७ जना घाइते एक जना बेपत्ता
१८ कार्तिक २०७८, बिहीबार

जाजरकोट । जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका तथा १ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।  

प्रहरीका अनुसार सुर्खेतदेखी जाजरकोटको जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति ११ बजे जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको हो। 

मृत्यु हुनेमा ठेगाना नखुलेका दिलबहादुर शाही छन्। अर्का मृतकको पहिचान खुल्न सकेको छैन। यस्तै, बेपत्ता भएकाको पनि पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।  

घाइते हुनेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का छन्। घाइतेमध्ये धनबहादुर रावत मिनी ट्रकका चालक रहेका छन्। प्रहरीका अनुसार मिनी ट्रकमा १० जना सवार थिए। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार