मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

मधेश प्रदेशमा निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको आयोगको निष्कर्ष

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
पत्रकार सम्मेलनको संयोजन आयोगका मधेश प्रदेशका कार्यालय प्रमुख मञ्जु खतिवडाले गर्नु भएको छ ।
६ मंगशिर २०७९, मङ्गलबार

जनकपुरधाम । राष्ट्रिय मानव अधिकार आयोगले मधेश प्रदेशमा मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निक्कै शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा प्रदेशवासीमा धन्यवाद ज्ञापन गरेको छ । 

मानव अधिकार आयोग मधेश प्रदेशले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेश प्रदेशका ८ वटै जिल्लामा मधेशी तथा मुस्लिम आयोगको समेत सहभागितामा भएको निर्वाचनको अनुगमनको क्रममा सामान्य विवाद बाहेक प्रदेश भरिका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण तथा जनताको उत्साहका साथ निर्वाचनमा सहभागी भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

निर्वाचन अगाडि, निर्वाचनका दिन तथा निर्वाचनपछि तीनै चरणको अनुगमन आयोगले गरेको बताउँदै आयोगका सदस्य सूर्य प्रसाद ढुङ्गेलले जानकारी दिँदै समग्रमा निर्वाचन निक्कै शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिनु भयो ।   

आयोगका सदस्य ढुङ्गेलले मधेश प्रदेशका मतदाता एवं आम जनताले शान्तिपूर्ण रुपमा आफ्नो अभिमत जाहेर गरेर मधेश प्रदेश प्रतिको विगतमा भएको नकारात्मक भावनालाई हटाएर अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश दिनमा सफल भएको बताउनु भयो । 

निर्वाचनका लागि शान्ति सुरक्षाको राम्रो व्यवस्थाका साथै पर्चा पम्लेट तथा ब्यानर कमै मात्रामा प्रयोग भएको, ध्वनि प्रदूषण कमै भएको र आम मतदाताहरू पनि सजग र सचेत हुन थालेको पाइएको सदस्य ढुङ्गेलले जानकारी दिनु भयो । यसका साथै बालबालिकाको प्रयोग नगण्य मात्रामा भएको पाइएको पनि आयोगले जनाएको छ । 

मधेश प्रदेशमा मतदाता शिक्षाको कमी, निर्वाचन आयोगले व्यवस्था गरेको टोल फ्रि नम्बरको बारेमा मधेसका जनताले अनभिज्ञता प्रकट गरेको आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख रहेको छ । 

यसका साथै निर्वाचन गराउनका लागि विद्यालय परिसरको प्रयोग भएका कारणले विद्यालयको पठन पाठन पाँच दिन ठप्प पार्ने काम भएको र निर्वाचन सकिए पनि निर्वाचनमा प्रयोग भएका सामाग्रीहरू तथा विद्यालयको पर्खालमा भएका पर्चा पम्लेट सहितका अन्य सामाग्रीहरू जस्ताको त्यस्तै रहेको मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदनमा समेटिएको छ । 

आयोगले महिलाहरूको आयोगको मतदाता नामावलीमा नाउँ नभएको र वाली लगाउने तथा भित्र्याउने वेला भएका कारणले आम जनतामा मतदान प्रति कम उत्साह भएको आयोगको मधेश प्रदेशले सार्वजनिक गरेको अनुगमन प्रतिवेदनमा उल्लेख गरेको छ । पत्रकार सम्मेलनको संयोजन आयोगका मधेश प्रदेशका कार्यालय प्रमुख मञ्जु खतिवडाले गर्नु भएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार