मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापनका लागि बर्दियाका युवायुवतिलाई क्षमता विकास तालिम

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

नेपालगन्ज । बर्दियाको बढैयाताल गाउँपालिकामा जलवायु परिवर्तन, विपद जोखिम व्यवस्थापन तथा आधारभूत मानवीय मापदण्ड सहायता सम्बन्धि पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । 

बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकाका युवाहरुलाई विपदको बेला मानवीय सहायतामा लाग्न सहज होस भनेर सो तालिम सञ्चालन गरिएको हो । 

बढैयाताल गाउँपालिकाको मैनापोखरमा सञ्चालन गरिएको सो तालिममा किशोरी क्लबका प्रतिनिधि, युवा क्लबका प्रतिनिधि र परिवर्तनका संवाहकहरु गरेर २४ जना युवायुवतिको सहभागिता रहेको थियो । 

तालिमको समापन समारोहमा प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र वितरण गर्दै बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले यो तालिम निकै महत्वपुर्ण र आवश्यक रहेको जनाउँदै यसबाट पालिका भित्र २४ जना उत्कृष्ट विपद बारे जानकारी लिडर उत्पादन भएको बताउनुभयो । 

उहाँले विपद र प्रकोपबाट सर्वसाधारण नागरिकलाई जोगाउन तालिम प्राप्तहरुले अहम भूमिका खेल्ने जनाउँदै त्यसका लागि पालिकाले हरेक प्रकारको सहयोग गर्नुका साथै आवश्यक विभिन्न ऐन कानुन पनि बनाउने प्रतिवद्धता जनाउनुभयो । 

गाउँपालिकाका विपद फोकल पर्सन रमेश पौडेलले पालिकाले विपदका सम्बन्धमा नितिगत र प्राविधिक व्यवस्थापन गर्ने जनाउँदै बाढी, वन्यजन्तुको आक्रमण, आगलागी, भुकम्प जस्ता विपदको जोखिम कम गर्न तालिममा सिकेको सिपलाई समुदायमा प्रयोग गर्न अनुरोध गर्नुभयो ।  

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले विपदमा गरिने व्यवस्थापन बारे समुदायका युवामा जानकारी हुनु आवश्यक रहेकोले यो तालिम प्रदान गरिएको जनाउँदै विपद र प्रकोपका बारेमा जानकार र सचेत भइ विपदको बेला मनोसामाजिक प्राथमिक उपचारमा सबैभन्दा बढी ध्यान दिनुपर्ने बताउनुभयो । 

सो अवसरमा बोल्दै तालिमका प्रशिक्षार्थिहरु प्रतीक्षा न्यौपाने र बिशाल बिकले तालिमबाट प्रकोप र विपदका बारेमा अहिलेसम्म थाहा नपाएका धेरै जानकारी पाएको जनाउँदै सो बाट जोगिन गरिने पुर्व तयारी, सुरक्षित स्थानको खोजि, समुदायमा सचेतना फैलाउने र राहत तथा उद्दारका बारेमा पनि धेरै कुरा सिकेको बताउनुभयो । 

विपद र प्रकोपका सम्बन्धमा लौटन चौधरी र महेशचन्द्र गौतमले पाँच दिनसम्म प्रशिक्षार्थिहरुलाई प्रशिक्षण दिनु भएको थियो भने समापन कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, सल्लाहकार सिराज खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, परियोजना संयोजक गोविन्द लामिछाने, कार्यक्रम अधिकृत ईश्वर बिक अधिकृत र फिल्ड सुपरभाइजर राम बहादुर थारुके पनि उपस्थिति रहेको थियो । 

पाँचदिन अघि सो तालिमको उदघाटन बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार