मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

भोलि देखि पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड– १९ विरुद्ध खोप दिँदै

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने तयारी गरिएको हो। पहिलो मात्रा लगाएको २१ दिनपछि पुनः दोस्रो मात्राको खोप दिइनेछ। मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार यो खोपको दुई मात्रा लगाए मात्रै पुग्छ।
८ असार २०७९, बुधवार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले बिहीबार (भोलि)देखि पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड– १९ विरुद्ध खोप दिँदै छ । पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने तयारी गरिएको हो। पहिलो मात्रा लगाएको २१ दिनपछि पुनः दोस्रो मात्राको खोप दिइनेछ। मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार यो खोपको दुई मात्रा लगाए मात्रै पुग्छ।

अन्य मुलुकमा पनि बालबालिकालाई दिइने फाइजर खोपको प्रभावकारिता देखिएकाले नेपालमा पनि सोही खोप प्रयोग गर्न लागिएको उनको भनाइ छ। ‘यो खोपको प्रभावकारिता हेरेर र अध्ययन गरेर हामीले खोप कार्यक्रम अघि सारेका हौँ,’ उनले भने, ‘पहिलो चरणमा जनसंख्या बढी भएका जिल्लाका बालबालिकालाई खोप दिइनेछ।’ उनका अनुसार साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ। यो खोप कार्यक्रम सञ्चालनको जिम्मेवारी राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रलाई दिइएको छ।

केन्द्रले तोकिएका जिल्लामा खोप कार्यक्रमका लागि आवश्यक तयारी र समन्वय गरेको छ। सहप्रवक्ता अधिकारीका अनुसार पहिलो चरणमा प्रदेश १ अन्तर्गत झापा, मोरङ, इलाम र सुनसरी, मधेस प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी जिल्लाका बालबालिकालाई खोप दिइनेछ। त्यस्तै, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरका बालबालिकालाई खोप लगाइनेछ।

गण्डकी प्रदेशका कास्की र पूर्वीनवलपरासीका बालबालिकालाई खोप दिइनेछ। कर्णाली प्रदेशअन्तर्गत सुर्खेत र सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप लगाइनेछ। खोप कार्यक्रमका लागि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय र स्थानीय तहसँग समन्वय गरिएको छ। घरनजिकको स्वास्थ्यचौकी, स्वास्थ्य कार्यालय, खोप केन्द्र वा स्थानीय तहको कार्यालयमा खोप लगाउने व्यवस्था गरिनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार