मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

आगामी वर्षदेखि प्रदेश सरकारले 'मोहम्मद डे' मा सार्वजनिक बिदा दिने मुख्य मन्त्रीको प्रतिबद्धता

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुने बताउनु एको छ ।

इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १४९८ औं शुभ जन्मोत्सवको अवसरमा नेपालगञ्जमा बिहीबार आयोजना गरिएको जुलुसमा सहभागी हुनुभएका मुख्यमन्त्री चौधरीले सबै धर्म र समुदायबिचको एकता नै नेपालको विशेषता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आफ्नो धर्मको अनुसरण गर्दै अर्काको धार्मिक आस्थाको सम्मान गर्नुपर्छ । त्यसो हुन सकेमा देश विकास र राष्ट्रिय एकता झनै बलियो हुँदै जानेछ ।’’

सो अवसरमा मुस्लिम समुदायद्वारा मोहम्मद डे मा सार्वजनिक बिदा माग गरिएकोप्रति लुम्बिनी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री चौधरीले आगामी वर्षदेखि प्रदेश सरकारको सार्वजनिक बिदाको क्यालेण्डरमा यो बिदालाई समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय बिपी चोकमा आयोजना गरिएको सो कार्यक्रममा बोल्नुहुँदै पूर्वमन्त्री तथा जसपाका केन्द्रीय नेता मोहम्मद इश्तियाक राईले सबै धर्म मान्ने समुदायबीचको सदभाव र एकतालाई अझै सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशको विकास र उन्नतिका लागि शान्ति र स्थायित्व पहिलो शर्त भएकाले सो तर्फ हामी सबै नेपालीले गम्भीर भएर मनन गर्नुपर्नेमा जोड दिनुभयो ।

बागेश्वरी मन्दिरका पुजारी तथा धार्मिक एकता तथा सद्भाव समितिका अध्यक्ष योगी चन्द्रनाथले शान्ति, प्रेम, भाइचारा र सदभाव सबै धर्मको मूल मन्त्र भएकाले सबैले आ–आफ्नो धर्मलाई पूर्णरुपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले इस्लाम धर्मले शान्ति र सद्भावको सन्देश दिँदै आएकाले अरुको सम्मान र आफ्नो धर्म पालना गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेशसभाका सदस्य अम्बिका काफ्ले, कोहलपुरका प्रमुख पूर्णप्रसाद आचार्य, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौर लगायत विभिन्न राजनीतिक दलका अगुवाहरुको बाक्लो उपस्थिति थियो ।  

यसैबीच यस वर्ष नेपालग्रञ्जमा धुमधामका साथ विभिन्न कार्यक्रम गरेर मोहम्मद डे मनाइएको छ । सो अवसरमा बिहीबार बिहान ठूलो सङ्ख्यामा मुस्लिमलगायत अन्य धर्मावलम्बीको सहभागिता रहेको र शुभजन्मोत्सव जुलुसले नगर परिक्रमा गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार