भैरहवा । भैरहवामा नेकपा माओवादी केन्द्रकाे जिल्ला पार्टी कार्यालय स्थापना गरिएकाे छ । मंगलबार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिउल्लाह खानले कार्यालय उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा बाेल्दै उनले व्यक्तिवाद हाबि भएका कारण पार्टीकाे जनमत निरन्तर घट्दै गइरहेकाे बताएका छन् । उनले पार्टी निर्माणका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जाेड दिए । साेही कार्यक्रममा बाेल्दै माओवादी केन्द्रिय सदस्य तथा रूपन्देही इन्चार्ज बामदेव क्षेत्रीले विभिन्न समयमा माओवादीबाट अलग भएकाहरूलाई पार्टीमा फर्काउने काम भइरहेकाे जानकारी दिए । उनले पार्टीबाट अलग भएकाहरू संग समदुरीमा रहन कार्यकर्तालाई निर्देशन दिए ।