मुख्य समाचार
आज कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै | रविलाई थप गरिएको म्याद सकियो, गैरकानुनी हिरासतमा रबि | अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले चाडपर्व मनाउन प्रजिअ रिजालको अपिल | निर्मला कुर्मी प्रकरण : गृह र आन्दोलनरत पक्षबीच तीनबुँदे सहमति | सांस्कृतिक महोत्सव सफल बनाउन जातीय संगठन बिच शुभकामना आदानप्रदान | प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१ मा होटल व्यवसाय संघले सहकार्य गर्ने | इजरायल–हमास युद्धबारे यस्तो छ नेपालको नीति | ‘रास्वपाले छानबिन प्रक्रिया र न्यायालयलाई अवरोध गर्नु गलत’ | सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवादः प्रचण्ड | दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न |

पत्रकार गुप्ताद्वय माथि आक्रमण, आक्रमण गर्नेहरु माथि कारवाही गर्न दबाब

यूथ टुडे समाचारदाता 2270+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

बाँके। नेपाल प्रेस युनियन बाँके कार्यसमिति सदस्य एवम् जि नेपाल एच डि टेलिभिजनका पत्रकार अभिशेक गुप्ता र जि नेपाल एच डि टेलिभिजनका प्रमुख आशिष गुप्तामाथि समाचारको विषयलाई लिएर हातपात भएको छ ।

गत असोज १७ गते घटनास्थापनाको दिन समाचार संकलन गर्ने क्रममा पत्रकार अभिशेक र आशिषसँग सामान्य विवाद भएको थियो । तर त्यही विवादको विषयलाई लिएर नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ त्रिवेणी मोड नजिकै घरमै आएर तिन जना युवाको समुहले पत्रकारलाई भिडियो किन खिचेको भन्दैं हातपात गरेका थिए ।

राती ११ बजे भएको उक्त घटनामा संलग्नलाई प्रहरीले खोजिगरिरहेको छ । यसैगरी नेपाल प्रेस युनियन बाँकेले उक्त घटनाको निष्पक्ष छानविन गर्दै दोषिलाई कानुनी कारबाहीको माग गरेको छ ।

नेपाल प्रेस युनियन बाँकेका सचिव भिष्म लोधले विज्ञप्ती जारी गर्दै समाचारको विषयलाई लिएर पत्रकारमाथि भएको हातपातको घटना निन्दनीय भएको भन्दैं दोषिलाई कारबाहीका लागि स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउनु भएको छ । पत्रकार अभिशेक गुप्ताले लाठी प्रशिक्षण गरिरहेका किशोरीहरुको भिडियो खिच्ने बारेमा विवाद हुँदा आफुहरुमाथि आक्रमण भएको बताउनु भयो ।

दोषिलाई कारबाहीको माग गर्दै गुप्ताले जिल्ला प्रहरी कार्यालय बाँकेमा शुक्रबार उजुरी दर्ता गराउनु भएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गर्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार