मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

प्रधानमन्त्री प्रचण्ड ओलीनिवास बालकोटमा

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१० पुसमा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई मन्त्रिपरिषद विस्तार गर्न सकस परिरहेको छ ।
२ माघ २०७९, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड सोमबार बिहान ओलीनिवास बालकोट पुगेका हुन् ।

उनीहरुबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार साँझसम्मै मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका थिए । यद्यपि यती एयरकाे विमान दुर्घटनापछि सबै कार्यक्रम रद्द भएको थियो।

१० पुसमा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई मन्त्रिपरिषद विस्तार गर्न सकस परिरहेको छ ।

यसअघि ओली प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पटकपटक छलफल भएका थिए । तर, मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भए पनि हालसम्म त्यसले सार्थकता पाउन सकेको छैन ।

आफुलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्न चाहान्छन् । तर, यसमा ओली भने सहमत छैनन् । स्रोतका अनुसार कांग्रेसले मन्त्रीको भाग खान्छ कि भन्ने त्रासमा ओली छन् ।

एमाले अध्यक्ष ओली सात दलीय गठबन्धन निर्माणका क्रममा भएको सहमति विपरीत प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राजकीय पदको ‘भाग’ दिने आशंकामा सकभर छिटो मन्त्रिपरिषद् विस्तार हुनुपर्ने अडानमा छन्। तर प्रचण्ड आफ्नै पार्टीभित्र कसलाई मन्त्री बनाउने भन्नेमा विवाद रहेपछि मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका ओली र प्रधानमन्त्रीबीच मन्त्रिपरिषद् विस्तारकै विषयलाई लिएर बालकोट, बालुवाटारमा तारन्तार वार्ता भइरहे पनि राजनीतिको गाँठो भने फुक्न सकिरहेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार