बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा विकास निर्माण कार्यहरु लगभग अन्तिम चरणमा पुगेको वडा मोहम्म्द सफिक बेहनाले बताउनु भयो । वडामा सकड निर्माण गर्ने र बिजुली बत्ति घरघरमा पु¥याउने काम भइरहेको वडा अध्यक्ष बेहनाको भनाई छ ।
वडामा शिक्षा र स्वास्थ्यको संरचना निमार्ण सम्पन्न भई सकेको बताउदै अन्य भौतिक पूर्वाधारका कामहरु भइरहेको वडा अध्यक्ष बेहनाले जानकारी दिनु भयो । स्थानीय सरकारको व्यवस्थापन भए पश्चात जनताहरुलाई गाउँगाउँमा सिंहदरबार भन्ने सिद्धान्त महशुस गर्ने हिसाबले वडाबाट गर्नेपर्ने कार्यहरु कुनैपनि कसर नराखी एकदम इमान्दारीसाथ काम गरिरहेको जिकिर गर्नु भयो ।
वडा नं. ४ को विभिन्न टोलहरुका निमार्ण भई रहेको रोड र नालाको निरिक्षण गर्दै वडा अध्यक्ष बेहनाले वडाको कामप्रति जनातहरु एकदम सन्तुष्ट रहेको बताउनु भयो । अनुगमनमा पुग्नु भएका वडा अध्यक्ष बेहनालाई स्थानीयहरुले खादा लगाएर सम्मान गरेका थिए ।
अनुगमनका क्रममा सम्मान पाए पछि स्थानीय नागरिकहरुलाई सम्बोधन गर्दै वडा अध्यक्ष बेहनाले वडाका नागरिकहरुलाई धन्यवाद दिनु भयो । आम वडाबासी जनताको साथ, सयोग अनि सुझाब बिना यहाँ सम्मको आफनो यात्रा सम्भब नभएको भन्दै बेहनाले आउने दिनहरुमा पनि आफु आफनो वडाका जनताको साथमा रहेर पीर मर्काहरुमा साथ सहयोग गरिरहने उल्लेख गर्नु भयो ।
यस वडामा ढल नै ठूलो समस्या भएको कारणले आफ्नो कार्यकालमा ढल ब्यवस्थित गर्नु नै पहिलो प्राथमिकतामा परेको उल्लेख गर्दै अध्यक्ष बेहनाले आफनो कार्यकालको अन्तीम अवस्थामा आईपुग्दा उक्त समस्या समाधान गर्न सफल भएको बताउनु भयो । यससँगै खानेपानी, घरसँग बाटो जोड्ने, सबैतिर पिच, खाल्टाखुल्टि रहित, स्वास्थ्य तथा शिक्षामा सबैको पहुँच पुग्ने गरी आफु सधै लागि परेको जिकिर गर्नु भएको थियो ।
स्थानीयहरुले विपतको समयमा वडा अध्यक्ष बेहनाले सच्चा जनप्रतिनिधिको परिचय दिन सफल भएको उल्लेख गर्दै आउने निर्वाचनमा फेरी एक पटक वडाको नेतृत्व गर्न आग्रह गरेका थिए । वडा अध्यक्ष बेहनाले समयले साथ दिएसम्म वडालाई अझ समृद्ध बनाउने योजना रहेको बताउनु भयो ।