मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |

स्थानीय निर्वाचनमा कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

महमूद आलम खान 1131+ समाचार ( )
पमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् भने वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले बढीमा २ लाख ५० हजार रुपैयाँमात्रै खर्च गर्न पाउनेछन् ।
१८ वैशाख २०७९, आइतबार

काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले तोकेको भन्दा बढी नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले  ७ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने जनाएको छ । यस्तै वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले बढीमा ३ लाख खर्च गर्न पाउने उल्लेख आयोगले गरेको छ । 

यस्तै उपमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् भने वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले बढीमा २ लाख ५० हजार रुपैयाँमात्रै खर्च गर्न पाउनेछन् । 

यस्तै नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ४ लाख ५० हजार तथा वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले २ लाखसम्म खर्च गर्न पाउनेछन् ।  आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले भने बढीमा ३ लाख ५० हजार र वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । 

उम्मेदवारले मतदाता नामावली रसिद, सवारी साधन, इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी तथा कार्यकर्ता परिचालन, प्रचारप्रसार, कार्यकर्ता सञ्चालन र विविध शीर्षकमा उम्मेदवारले तोकेको खर्च गर्न पाउनेछन् ।  यस्तै जिल्ला समन्वय समितिका उम्मेदवार प्रमुख र उपप्रमुखले ५० हजार र अन्य पदकाले एकमुष्ट २५ हजार रुपैयाँ खर्च गर्न पाउने पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार