मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


मिश्रलाई ‘मार्ग परिवर्तन’ले क्षति,प्रकाशमान सिंह विजय

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
काठमाडौं-१ बाट चौथोपल्ट सांसद जितेका उनका लागि यो चुनाव पनि सजिलो प्रतिस्पर्धा भने रहेन ।
५ मंगशिर २०७९, सोमबार

 काठमाडौं । कांग्रेस उम्मेदवार प्रकाशमान सिंह पछिल्ला दिनमा लोकप्रिय उम्मेदवार थिएनन् । तर उनका विपक्षीहरु र नयाँ उम्मेदवार, अनि दलको मत बाँडिंदा उनलाई जित निकाल्न सम्भव भयो । यद्यपि काठमाडौं-१ बाट चौथोपल्ट सांसद जितेका उनका लागि यो चुनाव पनि सजिलो प्रतिस्पर्धा भने रहेन ।

राप्रपाका नवप्रवेशी नेता रवीन्द्र मिश्रसँग मतगणनामा सुरुवातदेखि एक-डेढ सय मतले अघिपछि भइरहेका सिंहले अन्ततः १२५ मतान्तरले विजयी हुन पाए । सिंह ७ हजार १४३ मत ल्याएर विजयी हुँदा मिश्र ७ हजार १८ मतमा समेटिए ।

सिंह र मिश्रको यो दोस्रो प्रतिस्पर्धा हो । वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उदाएको विवेकशील साझा पार्टीबाट मिश्रले सिंहसँग २०७४ सालको चुनावमा पहिलो प्रतिस्पर्धा गरेका थिए । त्यसबेला ८१८ मतले मिश्रलाई सिंहले पराजित गरेका थिए । यसपटक मिश्रले मतान्तर निकै घटाए, तर त्यो जितमा बदलिन सकेन ।

तर सिंह र मिश्र दुवैले २०७४ सालमा पाएको मत यसपालि मतदाता संख्या केही बढ्दा पनि जोगाउन सकेनन् । २०७४ मा सिंहले १० हजार ३६ मत पाउँदा मिश्रले १० हजार ११८ मत ल्याएका थिए । अर्थात्, २०७४ मा सिंह र मिश्रलाई भोट दिएकाहरुले यसपालि अन्यलाई भोट दिएको देखिन्छ । मिश्र राप्रपा प्रवेश गरेसँगै राप्रपा नेपाल तर्फका उम्मेदवारले एमालेलाई सघाउने निर्णय गर्दै उम्मेदवारी अन्तिम घडीमा निष्क्रिय पारे । यस्ता तथ्यहरु पनि मिश्रलाई निर्णायक पराजय दिलाउन सहयोगी रहे ।

यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५ र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् । यो नयाँ अनुहार खोज्ने मतदाताको मत हो । तर मिश्रले आफैंले मार्ग परिवर्तन गरेको असर चुनावी परिणममा भोगेका छन् । किनभने, विगतमा वैकल्पिक शक्ति भनेर उदाएको विवेकशील साझा पार्टीमा उज्वल थापा, रवीन्द्र मिश्रसँगै पुकार बम पनि थिए ।

मिश्रले मार्ग परिवर्तन गरेर राप्रपा रोजे । बमले विवेकशील साझा छाडेर स्वतन्त्र उम्मेदवारी दिने तयारीमा थिए । अन्तिममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको चिह्न मात्रै लिएको घोषणा गरेका थिए । उनले आफू अझै वैकल्पिक राजनीतिकै बाटोमा रहेको भन्दै मत मागेका थिए ।

मिश्रले वैकल्पिक शक्तिको पक्षमा रहेकाहरु विभाजित हुन नहुने भन्दै मत नबाँडियोस् भनी अपील गरेका थिए । तर मिश्रको अपीलले काम गरेन । बरु पुरानो दल र आफ्नै विकल्प खोज्ने मतदाताहरु विभाजित हुँदाको प्रत्यक्ष फाइदा सिंहले उठाएका छन् ।

काठमाडौं-१ का स्थानीय नेताहरु मिश्रले मार्ग परिवर्तनको सजाय पाएको टिप्पणी गर्छन् । वैकल्पिक शक्ति निर्माणको अभियान छाडेर मिश्र यसपालि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी हलो चिह्न लिएर उठेका हुन् । ‘विचारभन्दा माथि देश’ भन्दै मार्ग परिवर्तन गरेका मिश्र मिश्र नयाँ अनुहार खोज्ने मतदाताको प्रतिस्पर्धामा विगतमा आफैंले पाएको मत जोगाउन नसकेर पुनः पराजित हुन पुगेका हुन् ।

साझा विवेकशील पार्टी नछाडेर सोही पार्टीबाटै चुनाव लडेको भए यसपालि बम उम्मेदवार नहुने र सहजै जित हासिल गर्न सक्ने कतिपयको विश्लेषण छ । विवेकशील साझा छाडिसकेको अवस्थामा स्वतन्त्र उठेका भए मिश्रले जित्न हात पार्न सक्ने मत विश्लेषण राप्रपाको विचार र सिद्धान्तलाई ख्याल गर्ने मतदाताहरुको मत मिश्रले नपाएको तर्क गर्नेहरुको छ । तथापि, पुकार बमलाई रोक्न मिश्र आफैं राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उठेको भए सजिलो गरी विजयी हुने उनीहरुको मत विश्लेषण छ ।

सबै अनुमानलाई माथ खुवाउँदै ६७ वर्षीय प्रकाशमान निर्वाचित भए । उनलाई काठमाडौंको मुटुमै नयाँ पार्टी र नयाँ अनुहारको हुरीले हल्लाउन सकेन । अर्थात्, वैकल्पिक राजनीतिको बहसले नतिजामै काठमाडौंको मुटुलाई असर पारेन । काठमाडौं महानगरपालिकाका चारवटा वडा १०, ११, २९ र ३१ मिलेर बनेको यो निर्वाचन क्षेत्र भौगोलिक हिसाबले सानो र शिक्षा, यातायात, सञ्चारको हिसाबले सुगम छ । नयाँ बानेश्वर, मीनभवन, शान्तिनगर, भीमसेनगोला, मध्यबानेश्वर, त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, बबरमहल, अनामनगर, बिजुलीबजार, बुद्धनगर यही निर्वाचन क्षेत्रमा पर्छन् ।

यो सुगम र काठमाडौंको मुटुबाट चौथो पटक सांसद बन्ने सौभाग्य पाएका प्रकाशमानको प्रभाव यस क्षेत्रमा २०३४ सालदेखिकै छ । नयाँ पार्टी र नयाँ अनुहारको बहसलाई छेड्दै विजयी प्रकाशमान पारिवारिक वातावरणले राजनीतिमा उदाएका नेता हुन् । उनी २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका छोरा हुन् । यही कारण कतिपयले प्रकाशमानलाई आफ्नो बुबाको योगदानको फाइदा लिन खोज्ने नेताको रुपमा समेत टिप्पणी गर्ने गर्छन् ।

२०३४ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका उनी त्यसको दुई वर्षपछि अध्यक्षमा चुनिए । २०४६ सालको जनआन्दोलनपछि पञ्चायत ढलेर प्रजातन्त्र पुनर्बहाली भएपछि २०४७ देखि निरन्तर १० वर्षसम्म कांग्रेसको काठमाडौं जिल्ला सभापति भएर काम गरे । २०४८ मा काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्यमा उठे, पराजित भए । २०५१ मा काठमाडौं-३ बाट उठे फेरि पनि पराजित भए । २०५३ सालमा राष्ट्रियसभा सदस्य भएर ६ वर्ष काम गरे ।

२०५६ सालमा कांग्रेस केन्द्रीय सदस्य भए । शेरबहादुर देउवाले पार्टी फुटाउँदा साथ दिएका उनी देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकको उपसभापति भए । २०६२-२०६७ सम्म कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय उपसभापति रहेका प्रकाशमान पार्टी एकीकरणपछि २०६७ सालमा नेपाली कांग्रेसको महामन्त्री भए । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं-१ बाट निवाचित भए । २०७४ को चुनावमा पनि विजयी भए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरे । पहिलो चरणमा सभापति निर्वाचित हुन नसकेपछि दोस्रो चरणको निर्वाचनमा प्रकाशमानले सभापतिको निर्वाचनमा देउवालाई नै साथ दिए । सभापतिमा सघाएबापत चुनावमा देउवाको दरिलो साथ पाएका उनै प्रकाशमानले नयाँ पार्टी र नयाँ अनुहारलाई पन्छाउँदै विजयी यात्रा कायम राखेका छन् ।

‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ को नारा दिंदै चुनावमा होमिंदा प्रकाशमानले कांग्रेसबाट प्रधानमन्त्री बन्ने पालो आफ्नै भएको मतदातालाई भनेका छन् । ३१ असोज २०७९ मा पत्रकार सम्मेलन गर्दै उनले भनेका थिए, ‘क्राइटेरिया हेर्ने हो भने म पटकपटक मन्त्री भएर उपप्रधानमन्त्री, सांसद भइसकेको मान्छे हुँ नि । संसदमा उपनेता भएको मान्छे हुँ । २०७४ को निर्वाचनपछि दल (संसदीय दल)को नेतृत्वको लागि प्रतिस्पर्धा गरेको व्यक्ति हुँ नि ।’

अर्थात्, प्रधानमन्त्रीमा दाबी गर्ने आश मतदातालाई प्रकाशमानले देखाएका छन् । त्यसअनुसार अब प्रधानमन्त्रीको दौडमा दौडिन प्रकाशमानले पार्टीभित्र संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यसबेला उनले उनै देउवाको सामना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार