मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

अम्बिकेश्वरीले गर्‍यो ‘इमान्दार’ चालकलाई सम्मान

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
नेपाली यात्रुलाई सुरक्षित रुपमा गन्तब्यसम्म पुर्याउन अहम भूमिका खेलेका सवारी चालकलाई नगदर र कदर पत्रले सम्मान गरेको अम्विकेश्वरी सेवा सुविधा यातायात प्रालिका कार्यबहाक अध्यक्ष प्रकाश खत्रीले जानकारी दिए ।
१४ श्रावण २०८०, आइतबार

बाँके । नेपालगन्जस्थित अम्विकेश्वरी सेवा सुविधा यातायात प्रालिले उत्कृष्ट सवारी चालकलाई नगदसहित सम्मान गरेको छ । नेपाली यात्रुलाई सुरक्षित रुपमा गन्तब्यसम्म पुर्याउन अहम भूमिका खेलेका सवारी चालकलाई नगदर र कदर पत्रले सम्मान गरेको अम्विकेश्वरी सेवा सुविधा यातायात प्रालिका कार्यबहाक अध्यक्ष प्रकाश खत्रीले जानकारी दिए । 

सम्मान कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले सडकलाई अनुशासित र मर्यादित बनाउने प्रमुख काम नै चालकको भएको बताउँदै चालक अनुसाशित र मर्यादित भए दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे ।

चाडपर्वको समयमा सडक दुर्घटना बढि हुने गरेको बताउँदै सम्यम भएर सवारी साधन चलाउन आग्रह गरे । ‘यात्रुलाई सहि गन्तब्यसम्म पुर्याउने दायित्व चालकको हो । सुरक्षित रुपमा गन्तब्यमा पुर्याए चालक र यातायात प्रालिको इज्जत रहन्छ । यात्रुको सुरक्षामा चालकले सधैँ ध्यान दिन जरुरी छ,’ उनले भने । 

सम्मान कार्यक्रम नेकपा एमाले बाँके जिल्ला सचिवालय सदस्य किशोर थापाले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकहरूले देखाएको इमान्दारिताले समाजमा अरू मान्छेलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत बनेको बताए।

प्रालिका कार्यबहाक अध्यक्ष खत्रीले चालकलाई इंगित गर्दै भने, ‘तपाईहरू अनुशासित र मर्यादित भएर सवारी साधन चलाउनुहोस्, तपाईहरूलाई परेको समस्या समाधान गर्न हामी सदैव तत्पर छौँ ।’

प्रालिले सवारी चालक सन्दीप रोका, बिक्की बुढामगर, करण बुढामगर, सुरज तामाङ, धन सिंह डाँगी, अमन खड्का, दिलचन ठाकुर र अविसेक ओलीलाई नगद सहित सम्मान गरेको सचिव डम्बर खत्रीले जानकारी दिए । सो अवसरमा काउन्टर इन्चार्ज मनोज केसी, फिल्ड इन्चार्ज प्रदिप भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार