मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

क्याबिनेटमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ - अमरेश

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अमरेशकुमार सिंहले ललिता निवास प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही गर्न माग गरेका हुन् ।
२९ असार २०८०, शुक्रबार

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ललिता निवास जग्गा हिनामिना प्रकरणबारे क्याविनेटमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग उठेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अमरेशकुमार सिंहले ललिता निवास प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही गर्न माग गरेका हुन् ।

उनले टिप्पणी उठाउने शाखा अधिकृतलाई समातेर निर्णय गर्नेहरुलाई छाडेकोप्रति आपत्ति जनाउँदै भने, ‘ललिता निवास जग्गा काण्डमा शाखा अधिकृृतले एउटा टिप्पणी उठाएबापत जेल जाने तर, निर्णयकर्ताहरुसँग बसेर डिनर खाने र निर्णयकर्ताहरु गाडी अगाडि पछाडि साइरन बजाउँदै हिँड्ने यो कस्तो न्याय हो ?’

दलहरु बसेर भ्रष्टाचार गर्ने कर्मचारीलाई जोगाउने हो भने देशको प्रशासनले भोलिको दिनमा काम नगर्ने उनको भनाई छ । ‘जो निर्णय गरेको छ शाखा अधिकृतबाट टिप्पणी उठाएर सहसचिव, सचिव त्यहाँ गएको छ क्याविनेटमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ’, उनले भने, ‘त्यसो भएमात्रै भ्रष्टाचारको अन्त्य हुन्छ । दलहरु बसेर भ्रष्टाचार गर्ने, कर्मचारीलाई जोगाउने हो भने देशको प्रशासनिक संयन्त्र भोलिको दिनमा काम गर्दैन । किनकी कर्मचारी संयन्त्र आदेशको पालना गर्ने हो ।’

यस्तै, उनले सबै ठाउँमा नेताहरुको संलग्नतामा सरकारी जग्गा गुठीको जग्गा मिचिएको आरोप लगाए । ‘सरकारी तथा सार्वजनिक गुठी संस्था सम्बन्धी जाँच आयोग बनेको थियो । त्यलले पनि ३३ वटा प्रतिवेदन दिएको छ मुमिसुधार मन्त्रालयमा । र सबै ठाउँमा नेताहरुको संलग्नतामा सरकारी जग्गा र गुठीको जग्गा मिचिएको छ । त्यसकारण त्यो रिपोर्टलाई पनि कापेर्टमुनि लुकाईएको छ’, उनले भने ‘साच्चै सरकार भ्रष्टाचारसम्बन्धी संवेदनशील छ भने यो रिपोर्टहरु पनि सार्वजनिक गरोस् । सभामुखमहोदय मनै त्यो रिपोर्ट दिन्छु सांसदहरुलाई । किनभने सरकारले आयोग बनाउने जब आफु र आफ्नो सार्थीभाई फस्न लाग्यो भने त्यो रिपोर्ट लुकाउने । सानालाई ऐन ठुलालाई चैन ! बन्ने जो देश बनेको छ । जसले निर्णय गरेको त्यसलाई कारबाहीको दायरामा नल्याएसम्म यो आवाज संसदमा हामी उठाईरहन्छौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार