बाँके २ फाल्गुन । बाँकेको नेपालगञ्ज–३ स्थित दारुल उलुम फैजुन्नबी मदरसामा आयोजना गरिएको दिक्षान्त समारोहमा २ जना विद्यार्थी र नेपालगञ्ज ५ स्थित मदरसतुल मदिना नेपाल मदरसामा ३१ जना बिद्यार्थीलाई दिक्षित (दस्तारबन्दी) गरिएको छ ।
सब–ए–बरातको अवसरमा आयोजना गरिएको दिशान्त समारोहमा दारुल उलुम फैजुन्नबी मदरसामा अध्यनरत छात्र २ जना र फैजाने मदिनामा ३१ जना मध्ये २ जना हाफिज र २९ जनालाई मौल्वी शीर्षकमा दस्तारबन्दी अर्थात शैक्षिक योग्यता अनुसारको प्रमाणपत्र वितरण गरिएको छ । दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिका अध्यक्ष रहमान मियाँले यस्ता कार्यक्रमले बिद्यार्थीहरुमा उत्साह तथा प्रोत्साहन थपिने गरेको बताउनु भयो ।
मदिनाका मुफ्ती फजलहकले भन्नुभयो , मदरसा भनेकै खासमा मुस्लिम समुदायको अरबी र उर्दु भाषामा अध्ययन र तालिम दिने शैक्षिक संस्था भएकोले मदरसाको मूलप्रवाहीकरण गर्दा मुस्लिम समुदायको धार्मिक मूल्य-न्यतालाई ध्यानमा राखेर व्यवस्थापन गर्न माग गर्नु भयो ।'
मुफ्ति फजल हकले भन्नुभयो मदरसामा तालिम लिने र अध्ययन गर्नेहरूले मुख्यतयाः हाफिज, मौलबी, मौलाना, अलिमा र फाजिल डिग्री लिने हो । सरकारले यो कुरा नै नबुझेर सामुदायिक विद्यालय जस्तै मदरसालाई राष्ट्रिय शिक्षाको मूल प्रवाहीकरण गरेको जिकिर गर्नुभयो ।
शब–ए–बारात प्रत्येक वर्ष हिज्री भित्ते पात्रो (ईस्लामिक क्यालेन्डर) को ८ औं महिना शाबानको १५ औं दिनको रात्रीमा मनाईने पर्व हो। यो पर्वमा रात भरी ईस्लामका मान्नेहरु पवित्र कुरान पढ्ने, नमाज पढ्ने, मस्जिद र मदर्सामा गई विभिन्न धार्मिक क्रियाकलाप गर्ने लगायत गरिबहरुलाई खाना खुवाउने, दान पुन गरिने आदि जस्ता पुन्य कार्यहरु गरिने गरिन्छ । शब–ए–बारातको करिव १५ दिन पछि ईस्लाम धर्मको पवित्र महिना रमजान सुरु हुन्छ । रमजानमा महिनाभरि मुस्लिम समुदाय दिनभरि निरहार उपसनामा बस्ने गर्छन ।
yasto karye karam ko report bata thaha bhayo ki islamic education ko kati awasata cha..ra..madarsa lai kati sarkar taraf bata paune manneta ra suwuda tarf dhiyan hunu parne derai awakta cha...thank you..youth today news .........best of luck...for your this report..
Allah pak aap sab ko hemesha salamat rakhe
Allah pak aap sab ko hemesha salamat rakhe
Aap bahut achhe Andaz me kaam Rahe hai
आल्हा पाक सबै लाई अपनो हिफ्जो अमान म रखूं आमीन 🤲🤲
Jun kura fazle Haq le bhne ko tas kurama sarkar lai dhanakrsan garaunu pariyo.
ماشاءاللہ
ماشاءاللہ